Home » » अफगानिस्तानमा शक्तिशाली विस्फोटमा परी ३५ जनाको मृत्यु

अफगानिस्तानमा शक्तिशाली विस्फोटमा परी ३५ जनाको मृत्यु

Written By Unknown on Friday, August 7, 2015 | 11:03 PM

श्रावण २३ 
अफगानिस्तानको राजधानी काबुलमा दुई वटा शक्तिशाली विस्फोटमा कम्तिमा ३५ जनाको मृत्यु भएको छ ।विस्फोटमा गरी कयौं घाइते भएका छन् । प्रहरी प्रशिक्षण केन्द्रबाहिर भएको आत्मघाती विस्फोटमा २० जनाको मृत्यु भएको छ । आत्मघाती हमलापछि विमानस्थल नजिक गोलाबारीसमेत भएको थियो । तालिवानी लडाकुले प्रहरी प्रशिक्षण केन्द्रमा गराइएको आत्मघाती विस्फोटको जिम्मा लिएको छ । यसअघि शाह शाहिद इलाकामा एउटा ट्रकमा विस्फोट भएको थियो । घटनामा कम्तिमा १५ जनाको मृत्यु भएको छ भने करिब २ सय ५० जना घाइते भएका छन् । विस्फोटका कारण वरिपरीका घरका शिसा फुट्दा बढी घाइते भएको बताइएको छ ।

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC