श्रावण २३

प्रतिष्ठित इङ्लिस प्रिमियर लिग फुटबल प्रतियोगिता शनिबारबाट सुरु हुँदैछ । खेलाडी सट्टापट्टाले इङ्ल्याण्डको बहुचर्चित फुटबल लिग यो सिजन निकै रोचक हुने अनुमान छ । पहिलो दिन आज ६ खेल हुँदैछन् । बेलुकी साढे पाँच बजे हुने पहिलो खेलमा म्यान्चेस्टर युनाइटेड र टोटनह्याम हट्सपर भिड्दै छन् । राती पौने आठ बजे चार खेल हुँदैछन् । एउटै समयमा एएफसी बोर्नमाउथ र एस्टन भिल्ला तथा एभर्टन र वाट्फोर्ड भिड्ने छन् । यस्तै, लेस्टर सिटी र सण्डरल्याण्ड तथा नर्विच सिटी र क्रिष्टल प्यालेस आमने सामने हुँदै छन् । यसैगरी शनिबार राती सवा १० बजे गत सिजनको प्रिमियर लिग च्याम्पियन चेल्सी र स्वान्सी सिटी भिड्दै छन् । इङ्लिस प्रिमियर लिगलाई विश्व फुटबल क्षेत्रकै कठिन लिग मानिन्छ । जहाँ विश्व फुटबल क्षेत्रका स्टार खेलाडीको जमघट हुने गर्दछ ।
Post a Comment