Home » » संविधानसभामा संविधान विधेयकमाथि सैद्धान्तिक छलफल जारी

संविधानसभामा संविधान विधेयकमाथि सैद्धान्तिक छलफल जारी

Written By Unknown on Thursday, August 27, 2015 | 4:41 AM


भद्र १०
संविधानसभामा आज पनि संविधान विधेयकमाथि सैद्धान्तिक छलफल भइरहेको छ । आजको बैठकको सुरुमा बोल्दै नेकपा एमालेका नेता माधवकुमार नेपालले संविधान निर्माणको काम अन्तिम चरणमा पुगेको भन्दै सबैले सहयोग र्पुुयाउनुपर्ने धारणा राख्नुभयो । संविधान निर्माणको प्रक्रिया कुनै पनि बहानामा नरोकिने उहाँको भनाई छ । सरकारले औपचारिक रुपमा वार्ताको आव्हान गरेको भन्दै वार्तामा सहभागी भएर संविधान निर्माणमा रचनात्मक भूमिक निर्वाह गर्न नेता नपालले असन्तुष्ट पक्षलाई आग्रह गर्नुभयो ।  संविधानमा सबैको अधिकार र जायज मागको सम्बोधन हुने उहाँले बताउनुभयो । नागरीकताको सवालमा प्रादेशिक पहिचान नभई राष्ट्रिय पहिचान राख्नुपर्ने नेपालको भनाई छ । एकीकृत माओवादीका नेता बाबुराम भट्टराईले संविधानसभा इतिहास रच्ने चरणमा आइपुगेको बताउनुभयो । संविधानसभालाई असफल हुने छुट नभएको भन्दै उहाँले संविधानसभाबाट संविधान जारी गर्न सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । संविधान विगतका आन्दोलनमा भएका सहमति र सम्झौताको आधारमा बनेको उहाँको भनाई छ । नेता भट्टराईले दलहरुबीच पहिचानका ५ र सामाथ्र्यका ४ आधारमा संघीयतामा सहमति भएको भन्दै त्यसबाट पछि हट्न नहुने बताउनुभयो । प्रदेश सीमांकनमा उठेका विषयलाई सम्बोधन गरिने उहाँको भनाई थियो । मुलुकका विभिन्न क्षेत्रमा अधिकार प्राप्तिका लागि भएका आन्दोलनलाई नकरात्मक रुपमा व्याख्या गर्ननहुने भन्दै नेता भट्टराईले आन्दोलनरत पक्षको जायज माग वार्ता मार्फत समाधान गर्न आफूहरु तयार रहेको बताउनुभयो । राप्रपा नेपालका सभासद सुशील कृुमार श्रेष्ठले हिन्दुराष्ट्र र राजतन्त्रको विषयमा समितिहरुमा सामान्य छलफल समेत नभएको भन्दै प्रमुख दलले निषेधको राजनीति गरेको आरोप लगाउनुभयो । छलफलमा भाग लिन ४ सय ७० सभासद्ले नाम दर्ता गराएका छन् । तीमध्ये हिजो पहिलो दिन शीर्ष नेतासहित ८८ जना सभासद्ले आफ्नो धारणा राखेका छन् । संविधानको विधेकमाथि संविधानसभामा कम्तिमा तीन दिनसम्म सैद्धान्तिक छलफल हुने संविधानसभा सचिवालयले जनाएको छ । सैद्धान्तिक छलफल सकिएपछि सभासद्हरुले संशोधन प्रस्ताव दर्ताका लागि समय पाउने छन् । 

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC