
Home »
National News
» राजनीतिक नियुक्तिमा कंग्रेसले एकलौटी गरेको भन्दै एमालेको कार्यदल गठन
राजनीतिक नियुक्तिमा कंग्रेसले एकलौटी गरेको भन्दै एमालेको कार्यदल गठन
Written By Unknown on Thursday, August 27, 2015 | 4:44 AM
भदौ १०
सत्तारुढ नेपाली कंग्रेसले राजनीतिक नियुक्तिमा एकलौटी निर्णय गरेको आरोप लगाउँदै एमालेले प्रधानमन्त्री सुशील कोइरालासँग छलफल गर्न कार्यदल नै गठन गरेको छ । सरकार गठन भएदेखि नै राजनीतिक नियुक्तिमा सार्वजनिक रुपमा आपत्ति जनाउँदै आएको एमालेले विश्वविद्यालयमा भएको नियुक्तिपछि प्रधानमन्त्रीसँग छलफल गर्न कार्यदल गठन गरेको हो । प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार, नेपाली काङ्ग्रेसबाट भइरहेका निर्णयहरू संयुक्त सरकारको आचारसंहिता र सहकार्यको संस्कृति अनुरूप नरहेको ठहर गर्दै यसबारेमा गम्भीर छलफल गरी आवश्यक निर्णयमा पुग्न कार्यदल बनाइएको हो । कार्यदलमा नेता माधवकुमार नेपाल, गृहमन्त्री वामदेव गौतम, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेल तथा सचिव भीम आचार्य छन् । एमालेको स्थायी समितिको बैठकले राजनीतिक नियुक्तिमा असन्तुष्टी जनाएको हो । यस्तै बैठकले संविधान निर्माणमा असन्तुष्ट पक्षको जायज माग सम्बोधन गर्न पार्टीले आवश्यक पहल कदमी लिने निर्णय गरेको छ । एमालेले कार्यकर्तालाई सामाजिक सद्भाव विथोल्ने गतविधीमा संलग्न नहुन पनि निर्देशन दिएको छ ।

Labels:
National News
Post a Comment