Home » » रेडियो उद्घोषण तथा पत्रकारिता तालिम सूरु

रेडियो उद्घोषण तथा पत्रकारिता तालिम सूरु

Written By Unknown on Saturday, August 22, 2015 | 4:51 AM






भाद्र ५
दक्ष सञ्चारकर्मी उत्पादन गर्ने उद्देश्यले पूर्वी चितवनको रत्ननगरमा १५ दिने रेडियो उद्घोषण तथा पत्रकारिता तालिम आज देखि सूरु भएको छ । रत्ननगर–१ सौराहाचोकमा रहेको रिलेशन एफएम ८८ मेगाहर्जले आयोजना गरेको सो तालिममा ३८ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ । १५ दिन सम्म रेडियो उद्घोषण कला र समाचार लेखनका विषयमा चितवनका अनुभवि पत्रकार तथा सञ्चारकर्मीहरुले प्रशिक्षण दिनेछन । उद्घाटन कार्यक्रममा रेडियोका अध्यक्ष अनिल अधिकारीले पूर्वी चितवनमा दक्ष सञ्चारकर्मी तथा पत्रकार उत्पादन गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको बताउनुभयो । रेडियोका प्रबन्ध निर्देशक रमेश लोहनीले एक गाउँ एक पत्रकार उत्पादन गर्ने रेडियोको योजना रहेको र सोही बमोजिम तालिमको आयोजना गरिएको बताउनुभयो ।


रेडियोका निर्देशक सुशिल डल्लाकोटीले तालिममा उत्कृष्ट हुने सात जनालाई रेडियोमै रोजगारीको व्यवस्था गरिने बताउनुभयो । इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख प्रहरी नायव उपरीक्षक जयराज सापकोटाको प्रमुख आतिथ्य एवम रेडियोका अध्यक्ष अनिल अधिकारीको अध्यक्षतामा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । रेडियोका बजार प्रमुख विनय ढुंगानाले स्वागत मन्तब्य राख्नुभएको कार्यक्रम उत्पादन प्रमुख सुदिप घिमिरेले सञ्चालन गर्नुभएको थियो । कार्यक्रम संयोजक मुश्कान काप्रीले तालिमका बारेमा प्रकास पार्नुभएको थियो ।

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC