Home » » नेपाल आदिवासी जनजाति महासंघद्धारा बन्द सहित आन्दोलन घोषणा

नेपाल आदिवासी जनजाति महासंघद्धारा बन्द सहित आन्दोलन घोषणा

Written By Unknown on Saturday, August 22, 2015 | 5:02 AM


भाद्र ५
विभिन्न माग राख्दै नेपाल आदिवासी जनजाति महासंघ बन्दका कार्यक्रमसहित आन्दोलनमा उत्रिएको छ । ११ बुँदे माग राख्दै नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् चितवन पनि आन्दोलित बनेको छ । केन्द्रको निर्देशन अनुसार नेफिन चितवनले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । आज भरतपुरमा पत्रकार सम्मेलनगरि नेफिनले बन्दका कार्यक्रम सार्वजनिक गरेको हो । नेफिन चितवनका अध्यक्ष पदमबहादुर गुरुङले केन्द्रीय समितिको निर्णय अनुसार नै चितवनमा पनि यही भदौं ६ र ७ गते (भोली र पर्सी) बन्द आह्वान गरिएको जानकारी दिनुभयो । नेपाल आदिवासी जनजाति महासंघले सो दिन नेपाल बन्दको आह्वान गरेको छ । अध्यक्ष गुरुङले विहान ५ बजेदेखि बेलुका ५ बजेसम्म मात्रै बन्द रहने भन्दै बन्दको क्रममा मोटरसाईक र अतिआवश्यक सवारी साधनहरु मात्रै संचालन गर्न दिइने जानकारी दिनुभयो । उहाँले बन्द शान्तिपूर्ण रुपमा गरिने बताउनुभयो । महासंघले संविधानमा संघीय र धर्म्निरपेक्ष नेपाली राज्य भनेर स्पष्ट उल्लेख हुनुपर्ने, आदिवासी जनजातिलाई उनीहरुको ऐतिहासिक थातथलोमा आत्मनिर्णयको अधिकारी हुनुपर्ने, आदिवासी जनजातिको भाषिक, साँस्कृतिक र सामुहिक साझा अधिकार हुनुपर्ने, विगतमा राज्यले आदिवासी जनजातिहरुसंग विभिन्न समयमा गरेको सहमती र सम्झौताहरु कायान्वयन हुनुपर्ने लगायतका मागहरु राखेको छ । जनजाति महासंघको बन्दको कार्यक्रममा दलित, मुस्लिम र ख्रिष्टियन समुदायले समेत साथ दिएका छन् । 

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC