श्रावण १९

भारतको नागाल्याण्डमा ६ दशकदेखि सशस्त्र संघर्ष गर्दै आएको विद्रोही समुह र सरकारबीच शान्ति सम्झौता भएको छ । उत्तर पूर्वी नागाल्याण्ड राज्यको पृथकतावादी समुह नेसनल सोसलिष्ट काउन्सिल अफ नागाल्याण्डसँग सोमबार भएको शान्ति सम्झौतालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ऐतिहांसिक उपलब्धी भनेका छन् । नागाल्याण्डमा बसोबास गर्ने झण्डै २० लाख नागा जातीको अलग्गै स्वतन्त्र राज्य हुनुपर्ने माग गर्दै झण्डै ६ दशकअघि उक्त समुहले विद्रोह सुरु गरेको थियो । भारतको इतिहासकै लामो विद्रोह अन्त्य भएसँगै अन्य सशष्त्र समुहहरुसँग पनि वार्ताको ढोका खुलेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो कार्यभार समालेलगत्तै उत्तर–पूर्वी राज्यहरुको विकास आफ्नो सरकारको मुख्य प्राथमिकतामा रहेको बताएका थिए । शान्ति सम्झौतको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन । भारतको नागाल्याण्डसँगै अरुणाचल, आसाम र मणिपुर प्रदेशमा नागा जाती बसोास गर्दै आएका छन् ।
Post a Comment