Home » » चारसय करोड रुपैयाँ बराबरको नक्कली भारतीय नोट बजारमा

चारसय करोड रुपैयाँ बराबरको नक्कली भारतीय नोट बजारमा

Written By Unknown on Monday, August 3, 2015 | 11:06 PM

श्रावण १९ 
ताजा प्रतिवेदन अनुसार बजारमा चार सय करोड रुपैयाँ बराबरको भारतीय नक्कली नोट उपलब्ध छ । राष्ट्रिय जाँच एजेन्सीका तर्फबाट गरिएको पछिल्लो अध्ययनमा यो तथ्य प्रकाशमा आएको हो । प्रत्येक वर्ष ७० करोड भारतीय नक्कली नोट बजारमा आउने गरेको पनि सो अध्ययनले खुलासा गरेको छ । एउटा भारतीय गुप्तचर निकाय ‘आइबी’ले गरेको अध्ययन अनुसार करिब २,५०० करोड रुपैयाँ नक्कली नोटमा समाहित थियो । अध्ययनमा भारतीय नक्कली नोट पाकिस्नातमा बनेको खुलासा पनि गरिएको छ । नक्कली नोटको कागज, मसीको अध्ययनबाट त्यस्ता नोट पाकिस्तानमा बनेको पुष्टि भएको पनि जनाइएको छ । अध्ययनका क्रममा प्रति दश लाख नोटमा दुई सय ५० नोट नक्कली पाइएको पनि खुलासा गरिएको छ । बजारमा १०० र ५०० दरको नक्कली नोट बढीमात्रामा पाइएको पनि जनाइएको छ । आम रुपमा नक्कली र असली नोटबीच १२ भिन्नता रहने गरेको अधिकारीहरुको भनाई छ । नक्कली नोटको छपाई एउटै कागजमा हुने गरेको तर असली नोट दुई अलग कागजमा छापेर त्यसलाई बीचमा टाँस्ने गरिएको पनि खुलासा गरिएको छ ।

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC