भदौ ८

उन्नाइस वर्षमुनिको साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्ने भएको छ । मंगलबार भएको खेलमा भारत माल्दिभ्सलाई हराउँदै समूह बीको विजेता बनेपछि समुह एको विजेता नेपालले अफगानिस्तान प्रतिद्वन्द्वी पाएको हो । भारतसँग ३–० ले हारेको माल्दिभ्स भने प्रतियोगिताबाट बाहिरिएको छ । माल्दिभ्स प्रतियोगिताबाट बाहिरिएपछि अफगानिस्तान समुह बीको उपविजेता बनेको हो । नेपाल र अफगानिस्तानबीचको सेमिफाइन खेल आउँदो बिहीबार दिउँदो १२ बजेपछि हुनेछ ।समुह बी को विजेता बनेको भारतले सेमिफाइनलमा समुह एको उपविजेता बंगलादेशसँग प्रतिस्पर्धा गर्ने छ । भारत र बंगलादेशबीचको दोस्रो सेमिफाइनल खेल आउँदो बिहीबार नै दिउँसो साढे तीन बजेपछि हुनेछ । सेमिफाइनलका विजेताले उपाधिका लागि भदौ १२ गते शनिबार प्रतिस्पर्धा गर्नेछन् ।
Post a Comment