भदौ ८

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कैलालीको टिकापुरमा भएको घटना दुःखद भएको बताउनुभएको छ । मोदीले मंगलबार प्रधानमन्त्री सुशिल कोइरालालाई फोन गरेर कैलालीमा भएको हिंसात्मक घटनामा ज्यान गुमाएका प्रति श्रद्धान्जली व्यक्त गर्दै नेपाल सरकार, सबै राजनीतिक दल तथा नेपाली नागरिकलाई सामाजिक सद्भाव कायम गर्न पनि आग्रह गर्नुभएको हो । उहाँले राजनीतिक दलले वार्ता र संवादमार्फत नै अहिलेको समस्या समधान गर्नुपर्नेमा जोड दिनुभयो । असल छिमेकी भएकाले भारतले नेपालमा सुरक्षा कायम गर्न सक्दो सहयोग गर्न पनि तयार रहेको भारतीय प्रधानमन्त्री मोदीले बताउनुभएको छ ।
Post a Comment