Home » » चितवनमा डेङ्गु रोग नियन्त्रणमा

चितवनमा डेङ्गु रोग नियन्त्रणमा

Written By Unknown on Wednesday, August 5, 2015 | 2:43 AM


साउन २० 

चितवनमा डेङ्गु रोग नियन्त्रणमा आएको छ । गएको जेठ महिनापछि अहिलेसम्म कुनै पनि मानिसमा डेङ्गु रोग नलागेको जनस्वास्थ्य कार्यालय चितवनले जानकारी दिएको छ ।  कार्यालयका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले जेठमा एक जनामा देखिएको र त्यसपछि अहिलेसम्म डेङ्गु नदेखिएको जानकारी दिनुभयो । यो बीचमा रोग बढी भएको क्षेत्र भरतपुर उपमहानगरमा घरघरमै पुगेर डेङ्गु रोग सार्ने लामखुट्टेका लार्भा र प्युपा मार्ने अभियानसमेत चलाएको थियो । आर्थिक वर्ष २०७१÷७१ मा एक हजार ७७० बिरामीको परीक्षणमा ११९ मा डेङ्गु लागेको पाइएको उहाँको भनाइ छ । यो गएको जेठ सम्मको तथ्याङ्क हो । यसअघि चैतमा एकजनामा देखिएको डेङ्गु रोग वैशाखमा पनि भेटिएको थिएन । जेठमा पनि एक जनामा देखिएको र त्यसपछि रोगी फेला परेका छैनन् ।  “यसले जिल्लामा रोग नियन्त्रणमा आएको देखिन्छ, तर पनि ढुक्क भएर बस्नु हुँदैन, सचेत हुनुपर्छ”, केसीले भन्नुभयो ।  चितवनमा अघिल्लो साउनदेखि जेठसम्ममा कुल ११९ मा डेङ्गु रोग देखिएकामा ५१ चितवनकै बिरामी थिए । भरतपुर उपमहानगरमा मात्रै २७ जना थिए । त्यसैले भरतपुरमा खोज र नष्ट गर अभियान असार अन्तिम साता चलाएको थियो । अहिले पानी परिरहेको र पानी रोकिए पनि भाँडामा जमेको पानीमा त्यस्ता लामखुट्टेले फूल पार्ने भएकाले यस्ता भाँडामा पानी जम्न नदिन कार्यालयले सबैमा आग्रह गरेको छ । 


Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC