Home » » एसएलसी पुरक परिक्षा आजदेखि शुरु

एसएलसी पुरक परिक्षा आजदेखि शुरु

Written By Unknown on Wednesday, August 5, 2015 | 2:48 AM

साउन २०
आजदेखि एसएलसी पुरक परीक्षा सुरु भएको छ । २०७१ सालको एसएलसी परीक्षामा दुई विषयसम्म अनुतीर्ण भएका परीक्षार्थी सहभागी परीक्षामा आज अनिवार्य अंग्रेजी विषयको परीक्षा भैरहेको छ । पुरक परिक्षामा चितवनमा २ हजार आठ विद्यार्थी सहभागि हुदैछन् । परिक्षाका लागि भरतपुर उच्च मावि, चितवन उच्च मावि, नारायणी नमुना उच्च मावि , बालकुमारी कन्या उच्च मावि र बालकुमारी उच्च मावि गरि  ५ वटा परिक्षा केन्द्र निर्धारण गरिएको छ । आजको परिक्षा शान्तीपुर्ण रुपमा सञ्चालन भइरहेको जिल्ला शिक्षा अधिकारी दामोदर आचार्यले जानकारी दिनुभयो । पुरक परिक्षामा देशभरबाट १ लाख २४ हजार २ सय ५१ जना सहभागी हुँदैछन् भने देशभर २ सय २७ वटा केन्द्र निर्धारण गरिएको छ । बिहान ८ बजेदेखि ११ बजेसम्म  हुने परीक्षा साउन २७ गते सकिने परीक्षा नियन्त्रण कार्यलय सानोठिमीले जनाएको छ ।

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC