Home » » भर्जिनियामा अन्तरवार्ता लिँदै गर्दा दुई पत्रकारको हत्या

भर्जिनियामा अन्तरवार्ता लिँदै गर्दा दुई पत्रकारको हत्या

Written By Unknown on Thursday, August 27, 2015 | 3:45 AM


भाद्र १०
अमेरिकी सहर भर्जिनियाको एक टेलिभिजनको प्रत्यक्ष अन्तरर्वाता लिने क्रममा बुधबार दुई पत्रकारको हत्या गरिएको उक्त टेलिभिजन स्टेसन (डब्लुडीबीजे–७) ले जनाएको छ । आक्रमणबाट घाइते बनेका टेलिभिजन पत्रकारद्वयको मृत्यु भएको हो । अन्तरवार्ता लिने २४ वर्षीय एलिसन पार्कर तथा २७ वर्षीय फोटो ग्राफर एडम वार्डलाई स्थानीय समयअनुसार ६ः४५ बजे गोली हानी हत्या गरिएको डब्लुडीबीजे–७ ले बताएको छ । उनीहरुले मोनेटास्थित एक व्यापारिक महल ब्रिज वाटर प्लाजाबाट पर्यटन सम्वन्धि प्रत्यक्ष प्रसारणका लागि अन्तरर्वाता लिँदै थिए । प्रत्यक्ष प्रसारण भएकाले अन्तरवार्ताको केही भाग टीभीबाट प्रसारण भइसकेको छ ।यसैबीच प्रत्यक्ष प्रसारणमा रहेका दुई जना टेलिभिजन पत्रकारको गोली हानी हत्या गर्ने व्यक्तिले आत्महत्या गरेका छन् । घटनापछि प्रहरीले ब्यापक खोजी गर्ने क्रममा ४१ वर्षीय भेष्टर ली फ्लानागन नाम गरेका ती ब्यक्तिलाई आफ्नै कारभित्र घेराउ गरेपछि उनले आत्महत्या गरेका हुन् । दुई पत्रकारको हत्या गर्ने फ्लानागन पनि सोही टेलिभिजन डब्लु डि बि जे सेभेन न्यूज च्यानलका पूर्वकामदार रहेको खुलेको छ । प्रहरी अधिकारीहरुका अनुसार बेडफोर्ड काउन्टिको मोनेटा स्थित सपिङ सेन्टरमा एउटा प्रत्यक्ष साक्षात्कार कार्यक्रम गरिरहेको बेला २४ वर्षिय सम्बाददाता एलिसन पार्कर र क्यामरा पर्सन २७ वर्षिय एडम वार्डको गोली हानी हत्या गरिएको थियो । उनीहरुमाथि आठ गोली हानिएको बताइएको छ । घटनामा प्रत्यक्ष कुराकानीमा अतिथि रहेकी महिला भने बच्न सफल भएकी छन् ।

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC