भाद्र १०
लिबियाको तटीय क्षेत्रमा रोकिएको एउटा डुङ्गामा करिव ५० आप्रबासीको शव फेला परेको छ । आप्रबासीले खचाखच भरिएको सो डुङ्गामा करिव ५० जना मृत फेला परेको इटलीका तट रक्षकलाई उदृत गर्दै बीबीसीले जनाएको छ । अत्यधिक भिडका कारण उनीहरुको निसास्एिर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । डुङ्गाबाट करिव ४ सय ३० जनाको जीवितै उद्धार गरिएको अधिकारीहरुले बताएका छन् । पछिल्लो समय लिबियाको तटीय क्षेत्रमा हजारौ आप्रवासीको मृत्यु भइसकेको छ भने हजारौंको जीवितै उद्धार गरिएको छ । समुन्द्री बाटो हुदै गैरकानुनी रुपमा युरोप प्रवेश गर्ने क्रममा यो वर्ष मात्र २ हजार आप्रबासीको मृत्यु भइसकेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
Post a Comment