साउन २७

एनसेल एप क्याम्पमा भाग लिग चाहनका लागि आवेदन खुला भएको छ । एनसेल एप क्याम्प २०१५ का लागि सहभागी हुन इच्छुकलाई आवेदन दिन आयोजक एनसेलले आग्रह गरेको छ । प्रतियोगिता सम्बन्धी सम्पुर्ण जानकारी आफ्नो आधिकारिक वेवसाइटमा राखिएको एनसेलले जनाएको छ ।एप क्याम्पमा सहभागी हुन चाहनेले खेल तथा मनोरञ्जन, स्वास्थ्य, पर्यटन र उपयोगिता गरी चार विधामा आवेदनसँगै एप सम्बन्धी आइडिया पेश गर्ने सक्ने एनसेलले जनाएको छ । पहिलो चरणमा आइडिया पेश गर्नेबाट उत्कृष्ट १ सय ५० वटा आइडियालाई क्षमता अभिवृद्धि तालिममा सहभागी गराइने छ । दोस्रो चरणमा हरेक विधाबाट ६ वटा उत्कृष्ट एप अर्थात २४ टिमलाई अन्तिम चरणका लागि छनौट गरिनेछ । अन्तिम प्रतिस्पर्धाबाट प्रत्यक विधाका एक गरी चार विजेता र समग्रमा एक मुख्य विजेता छनौट हुनेछन् । प्रत्येक विधाका विजेताले दुई लाख ५० हजार तथा मुख्य विजेताले थप पाँच लाख पुरस्कार प्राप्त गर्ने छन् ।
Post a Comment