Home » » आन्दोलनमा सहभागी नहुन कार्यकर्ताललाई कांग्रेसको निर्देशन

आन्दोलनमा सहभागी नहुन कार्यकर्ताललाई कांग्रेसको निर्देशन

Written By Rijan KC on Tuesday, August 11, 2015 | 6:44 AM

६ साउन, काठमाडौं । नेपाली कांग्रेसले अखण्ड मध्यपश्चिम लगायतको नाममा भइरहेको आन्दोलनमा सहभागी नहुन पार्टी कार्यकर्तालाई निर्देशन दिएको छ । कांग्रेसले सुुर्खेत र जुम्लामा आफ्नो पार्टी कार्यालयका साथै सभासद पूर्णबहादुर खड्का र हृदयराम थानीको घर र सरकारी कार्यालयमा भएको घटनाप्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कांग्रेस मुख्य सचिव ऋषिकेश तिवारीले विज्ञप्ति जारी गरेर संविधानसभाबाट संविधान निर्माण कार्य अन्तिम चरणमा पुग्न लागेको बेलामा हिंसात्मक एवं उच्छृंखल क्रियाकलाप हुनु अत्यन्त दुःखद भएको बताएका छन् । विज्ञप्तिमा भनिएको छ-‘स्थितिलाई शान्त र नियन्त्रित राख्न तथा क्षतिको आंकलन गरी आवश्यक क्षतिपूति व्यवस्था गर्न नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ ।’ संविधान निर्माणलाई सफल बनाउनु सबैको कर्तव्य भएको भन्दै कांग्रेसले सम्पूर्ण जनतालाई संयम धारण गर्न र आन्दोलनमा संलग्न नहुन आग्रह गरेको छ । विज्ञप्तिमा भनिएको ण्ण्घछ-‘पार्टीका सम्पूर्ण कार्यकर्ताहरुलाई यस्तो आक्रामक गतिविधिमा संलग्न नरहन समेत कांग्रेस निर्देश गर्दछ ।’
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC