Latest Updates!
Showing posts with label Technology. Show all posts
Showing posts with label Technology. Show all posts

यस्तो छ ४ वटा फुटबल मैदानभन्दा फराकिलो संसारकै सबैभन्दा ठुलो जहाज

Written By Unknown on Tuesday, May 17, 2016 | 8:32 PM

म्यान्चेस्टर – विश्वकै सबैभन्दा ठूलो क्रुज जहाजले आफ्नो पहिलो यात्रा गर्ने भएको छ । ‘हार्मोनी अफ सी’ नाम दिएको उक्त जहाजलाई बेलायतको साउथह्याम्पटनमा समुद्री यात्रा अघि अन्तिम तयारी गिरिँदैछ ।
harmony of sea (1)
चारवटा फुटबल मैदानभन्दा लामो यस जहाजमा ६,७८० यात्रु अट्नेछन् । ‘हार्मोनी अफ सी’  ८ सय मिलियन पाउण्डमा तयार भएको हो ।
यसको लम्बाई १११८ फिट, तौल २२७,००० टन, चौढाई २१५.५ फिट रहेको छ । यसमा २,७४७ कोठाहरु रहेका छन् । यसमा ७७ देशमा २१०० क्रु सदस्य रहेका छन् ।
harmony of sea (11)
१० तले जहाजभित्र २३ स्वीमिङपुल, २० डाइनिङ हल, ५२ रुख लगायत रहेका छन् ।
यसले आइतबार नेदरल्याण्डसम्मको यात्रा गर्नेछ भने मे २९ मा बार्सिलोनासम्म पुग्नेछ । आगामी जाडो महिनामा यसले फ्लोरिडा र क्यारेबियनको यात्रा गर्नेछ ।
harmony of sea (13)harmony of sea (12)harmony of sea (9)harmony of sea (8)harmony of sea (6)harmony of sea (2)harmony of sea (3)harmony of sea (4)harmony of sea (5)harmony of sea (10)

वाईफाईको जमाना गयो अब, सय गुणाभन्दा बढी स्पिडमा चल्ने लाइफाईको सफल परिक्षण

Written By RaAz Shah on Saturday, November 28, 2015 | 4:18 PM

सूचना प्रविधिको क्षेत्रमा फड्को मार्ने क्रममा विश्वमा आधुनिक र निकै तिव्र गतिमा इन्टरनेट चलाउने प्रविधिहरु भित्रिन थालेका छन् । हुन त टेलिफोन लाईनमा जोडेर डायलअप इन्टरनेट चलाउने प्रविधि अझै पनि कुनै कुनै ठाउँमा पाउन सकिन्छ । तर विश्वमा इन्टरनेट चलाउनकै लागि निकै तिव्र गतिमा प्रविधिहरु विकास भैरहेका छन् । यसैक्रममा वाईफाई जस्तै तर निकै तिव्र गतिमा इन्टरनेट चलाउन सकिने प्रविधि सुरु भएको छ । इस्टोनियाको वेलमेनी कम्पनीले यो प्रविधिको सफल परिक्षण गरिसकेको छ र यसको नाम लाईफाई राखिएको छ । यो नयाँ अत्याधुनिक ताररहित प्रविधिबाट वाईफाईभन्दा ३ सय गुणा तिव्र गतिमा इन्टरनेट चलाउन सकिने दावी गरिएको छ । प्रतिसेकेण्ड एक जिबिसम्मको गतिमा चल्नसक्ने यो प्रविधि सन् २०१८ सम्मका विश्वबजारमा पुर्याउने लक्ष्य राखिएको छ ।

गुगलको नयाँ लोगो

Written By Unknown on Wednesday, September 2, 2015 | 3:55 AM


भदौ १६ 
गुगलले नयाँ लोगो जारी गरेको छ । नयाँ लोगो पुरानो जस्तै रंगिन भएपनि  अक्षरको बनावट भने फरक छ । अहिले डेक्सटप भन्दा मोबाइलमा गुगल चलाउने बढेकाले  लोगोमा परिवर्तन गर्न आवश्यक भएको गुगलले जनाएको छ । गुगलले आफ्नो आधिकारिक ब्लगमा लोगोमा हुने परिवर्तनका बारेमा घोषणा गर्दै नयाँ लोगो व्यवस्थित, सरल र प्रयोगकर्तामैत्री रहेको र यसले गुगलकोे राम्रो प्रतिनिधित्व गर्ने उल्लेख गरेको छ । यो परिवर्तनसँगै गुगलको स्वामित्व एल्फाबेट कम्पनीलाई गएको छ । गुगलले नयाँ लोगो विभिन्न आकारका स्क्रिनका लागि सुहाउँदो रहेको जनाएको छ । नयाँ लोगोमा निलो, रातो, पहेँलो र हरियो गरी  चारवटा रंग र कम्पनीको नामको पहिलो अक्षर न् बहुरंगी हुनेछ । गुगलले धेरै पटक आफ्नो लोगोमा परिवर्तन गरिसकेको छ । अन्तिमपटक सन् २०१३ को सेप्टेम्बरमा गुगलले आफ्नो लोगो अपडेट गरेको थियो ।

एनसेल एप क्याम्पका लागि आवेदन खुला

Written By Unknown on Tuesday, August 11, 2015 | 11:33 PM

साउन २७ 
एनसेल एप क्याम्पमा भाग लिग चाहनका लागि आवेदन  खुला भएको छ । एनसेल एप क्याम्प २०१५ का लागि सहभागी हुन इच्छुकलाई आवेदन दिन आयोजक एनसेलले आग्रह गरेको छ । प्रतियोगिता सम्बन्धी सम्पुर्ण जानकारी आफ्नो आधिकारिक वेवसाइटमा राखिएको एनसेलले जनाएको छ ।एप क्याम्पमा सहभागी हुन चाहनेले खेल तथा मनोरञ्जन, स्वास्थ्य, पर्यटन र उपयोगिता गरी चार विधामा आवेदनसँगै एप सम्बन्धी आइडिया पेश गर्ने सक्ने एनसेलले जनाएको छ । पहिलो चरणमा आइडिया पेश गर्नेबाट उत्कृष्ट १ सय ५० वटा आइडियालाई क्षमता अभिवृद्धि तालिममा सहभागी गराइने छ । दोस्रो चरणमा हरेक विधाबाट ६ वटा उत्कृष्ट एप अर्थात २४ टिमलाई अन्तिम चरणका लागि छनौट गरिनेछ । अन्तिम प्रतिस्पर्धाबाट प्रत्यक विधाका एक गरी चार विजेता र समग्रमा एक मुख्य विजेता छनौट हुनेछन् । प्रत्येक विधाका विजेताले दुई लाख ५० हजार तथा मुख्य विजेताले थप पाँच लाख पुरस्कार प्राप्त गर्ने छन् ।

यूट्यूबका रोचक आठ ट्रिक्स, एक चोटी ट्राइ गर्नस्

Written By Rijan KC on Friday, August 7, 2015 | 6:47 AM

यूट्यूब नचलाउने इन्टरनेट प्रयोगकर्ता आजकाल कमै होलान् । तर, यूट्यूबका कतिपय ‘ट्रिक’हरु धेरैका लागि नौला हुनसक्छन् । यहाँ केहि रोचक ट्रिकहरु प्रस्तुत गरिएको छ, जुन तपाईंलाई काम लाग्न सक्छन् :
१. कुनै सफ्टवेयरबिना यूट्यूबबाट भिडीयो कम्प्युटरमा डाउनलोड सकिन्छ । यूट्यूबबाट MP3 फाइलहरु पनि डाउनलोड गर्न सकिन्छ । तपार्इले खाली URL हल्का परिवर्तन गर्नुपर्छ । कुनै पनि भिडियो डाउनलोड गर्नका लागि URL को अगाडि SS लेख्नु पर्छ । उदाहरण: https://www.youtube.com/watch?v=9aMYvNCXA_I यसको URL यस्तो बन्ने छ : https://www.ssyoutube.com/watch?v=9aMYvNCXA_I  

२. यूट्यूबको सर्च बक्समा ‘Use the force Luke’ टाइप गर्नुस् र Enter थिच्नुस् । तपाईंको यूट्यूब पेजले बिचित्रको व्यवहार गर्न थाल्छ । 

३.यूट्यूबको सर्च बक्समा Beam me up Scotty टाइप गरेर इन्टर हान्नुस् । यूट्यूबको स्क्रिन नै अर्कै देखिन थाल्छ । 

४. तपाईंलाई थाहा नहुन सक्छ, यूट्यूबमा केहि सर्टकटहरु पनि हुन्छन्, जस्तै: 
– भिडियो प्ले हुँदा किबोर्डमा J थिच्नुभयो भने १० सेकेन्ड भिडियो रिवाइन्ड हुन्छ । 
– भिडियो प्ले हुँदा K किबोर्डमा थिच्नुभयो भने भिडियो पज हुन्छ, पज भएको अवस्थामा प्ले हुन्छ । 
– भिडियो प्ले भइरहेको बेला किबोर्डमा L थिच्नुभयो भने भिडियो १० सेकेन्ड फरवार्ड हुन्छ ।
– भिडियो प्ले भइरहेको बेला M थिच्नुभयो भने भिडियो म्युट हुन्छ । 

५. यूट्यूबको सर्च बक्समा टाइप doge meme टाइप गरेर इन्टर हान्नुस्, तपाईंको पेज कलरफुल बन्छ । 
६. यदि तपाईं कुनै यूट्यूव भिडियोबाट GIF बनाउन चाहनुहुन्छ भने यो पनि गर्न सकिन्छ । यसका लागि तपाईंले WWW / YouTube को बीचमा gif टाइप गर्नुस् । यसरी १ सेकेन्डदेखि १५ सेकेन्डसम्मको gif इमेज बनाउन सकिन्छ । 
७. मानौं तपाईं यूट्यूवमा कुनै भिडियो सुरुदेखि हेर्न चाहनुहुन्न । यसलाई कुनै निश्चित अवधिपछि मात्रै हेर्न चाहनुहुन्छ भने तपाईं टाइम सेट गर्न सक्नुहुन्छ । मानौं कुनै ६ मिनेटको भिडियो छ र तपाईं यसलाई १ मिनेट २ सेकेण्डपछि हेर्न चाहनुहुन्छ भने तपाईंले यूट्यूबको URL मा #t=1m2s टाइप गर्नुपर्ने हुन्छ । उदाहरण https://www.youtube.com/watch?v=9aMYvNCXA_I यसको URL यस्तो बन्ने छ www.youtube.com/watch?v=9aMYvNCXA_I#t=1m2s 

८. कुनै पनि भिडियोलाई केवल आवाजको रुपमा मात्रै डाउनलोड गर्न चाहनुहुन्छ भने त्यसका URL मा www र YouTube को बीचमा l टाइप गर्नुपर्छ । 

गुरूपूर्णिमाका अबसरमा गुगलले गर्‍यो गुरुलाई सम्मान

Written By Unknown on Thursday, July 30, 2015 | 11:27 PM

१५ साउन, 
गुरुहरुप्रति सम्मान तथा आदर प्रकट गर्ने हिन्दुहरुको पर्व गुरुपूणिर्माका अवसरमा सर्च इन्जिन गुगलले आकर्षक डुडल्स सार्वजनिक गरेको छ । गुगलले आफ्नो सर्च इन्जिन साइट गुगल डट कममा कक्षाकोठाको सेतोपाटी आकारको कलात्मक डुडल्स प्रदर्शन गरी गुरुहरुप्रति सम्मान तथा आदर प्रकट गरेको छ । गुगलले सार्वजनिक गरेको डुडल्समा कक्षाकोठाको सेतोपाटीमा विज्ञान, गणित, संगीत, खेलकुद लगायतका विषयका विभिन्न चित्रहरु देखाइएको छ ।  साथै गणितको हिसाब लेखाइरहेका हातहरुको चल स्केच पनि डुडल्समा समावेश छ जसले सेतोपाटीमा गुरुहरुले गणित सिकाइरहेको भाव दिन्छ । डुडल्समा चलिरहेको हातहरु अन्त्यमा नमस्कारको शैलीमा जोडिन्छन्, जसले गुरुप्रति नमन गरेको देखिन्छ । स्मरण रहोस् गुगलले विश्वभरका विभिन्न महत्वपूर्ण अवसरहरुमा सोही भाव समेट्ने गरी डुडल्स तयार गर्ने गर्छ । भारतका पूर्व राष्ट्रपति एपिजे अब्दुल कलामको निधनको अवसरमा पनि गुगलले कलामको आकृति सहितको डुडल्स तयार गरेको थियो ।

चीनमा भेटियो नक्कली आइफोन बनाउने कम्पनी

Written By Unknown on Monday, July 27, 2015 | 11:41 PM


साउन १२ 
चीनमा एप्पलको नक्कली आइफोन बनाउने कम्पनी फेला परेको छ । अनुसन्धानका लागि घटिएको अमेरिकी अधिकारीको टोलीले नक्कली आइफोन बनाउने कम्पनीमा छापा मारी त्यसमा कार्यरत ९ जनालाई पक्राउ गरेको छ । कम्पनीमा सयौंको संख्यामा कामदारले काम गर्ने गरेका थिए । उनीहरुले विभिन्न ब्रान्डाका पुराना स्मार्टफोनका पाटपुर्जा मिलाएर नयाँ आइफोन बनाउने गरेका थिए । श्रीमान श्रीमती मिलेर चलाएको कम्पनीले अहिलेसम्म एक करोड ९० लाख अमेरिकी डलर भन्दा धेरै मुल्य पर्ने ४१ हजार वटा नक्कली आइफोन बनाएको अधिकारीले बताएका छन् । गएको मे १४ मानै यो कम्पनीका बारेमा थाहा पाएको भएपनि बेइजिङका अधिकारीले आइतबार मात्रै यस विषयमा जानकारी दिएका हुन् । चीनको राजधानी बेइजिङबाट उत्तरतर्फको बाहिरी क्षेत्रमा रहेको कम्पनीमाथिको अनुसन्धान गएको जनवरी महिनामा सुरु भएको थियो । चीनमा आइफोन मात्रै नभएर अन्य सामग्रीको पनि नक्कली उत्पादन हुने गरेकाले त्यस्ता साम्रगी उत्पादनलाई निरुत्साहित गर्ने गरी संयुक्त रुपमा काम गर्न अमेरिकी अधिकारी र चिनिया अधिकारी सहमत भएका छन् । चीनको कुनमिङ शहरमा चार वर्ष अघि नक्कली एप्पल स्टोर पनि भेटिएको थियो ।

विश्वभर निःशुल्क वाइफाइ उपलब्ध गराउँदै गुगल

Written By Rijan KC on Sunday, June 28, 2015 | 7:30 PM

googleइन्टरनेट जाएन्ट गुगलले विश्वभरि नै निशुल्क रुपमा वाइफाइ इन्टरनेट उपलब्ध गराउने योजना बनाएको छ । यसको सुरुवात तथा परीक्षणका रुपमा गुगलले अमेरिकाको न्युयोर्कमा फ्री वाइफाइ सेवा सुरु गर्दैछ । विश्वमा निःशुल्क वाइफाइ उपलब्ध गराउने आफ्नो योजनालाई मूर्तरुप दिन गुगलले एक अलग्गै कम्पनी खोलेको छ । उक्त कम्पनीको नाम हो, साइडवाक ल्याब्स । गुगलको यो कम्पनीले न्युयोर्कमा अन्त्यन्तै तिव्रगतिको इन्टरनेट उपलब्ध गराएका दुइवटा अन्य कम्पनी खरीद गर्ने तयारीमा छ । निशुल्क इन्टरनेट उपलब्ध गराउने कामलाई कार्यरुप दिन गुगलले न्युयोर्कस्थित बिक एप्पलको पूरानो फोन बुथको प्रयोग गर्दैछ । उक्त परियोजनाका लागि यस्तै प्रकारका १० हजार फोन बुथ प्रयोग गर्ने गुगलको तयारी छ ।

गुगलले ती फोन बुथहरुमा आवश्यक परिवर्तन गर्नेछ । त्यसबाट उसले केवल निशुल्क वाइफाइ मात्र होइन मानिसहरुलाई आफ्नो मोबाइल फोन चार्ज गर्ने सेवा पनि उपलब्ध गराउने बताइएको छ । त्यसका साथै ती बुथहरुबाट मानिसहरुले नि:शुल्क डोमेस्टिक फोन कल समेत गर्न पाउनेछन् ।गुगलको योजना यत्तिमा मात्र सिमित कहाँ छ र ? उसले ती फोन बुथहरुमा टचस्क्रिन हाल्नेछ । जसको माध्यमबाट मानिसहरु सहरका महत्वपूर्ण ठाउँ तथा यातायात सेवाहरुको बारेमा पनि जानकारी प्राप्त गर्न सक्नेछन् ।
ब्लुमबर्ग न्यूजका अनुसार आगामी जाडो याम अगाडि नै न्युयोर्कमा नि:शुल्क वाइफाइ लगायतका सेवा उपलब्ध गराउने ती फोनहरु संचालनमा आउनेछन् । उक्त ट्रायल सफल भएसँगै गुगलले यो परियोजनालाई विश्वका अन्य सहरमा पनि विस्तार गर्ने योजना बनाएको छ ।

फेसबुकले तस्बिरमा अनुहार नदेखिने व्यक्तिको पनि पहिचान गर्ने

सामाजिक सञ्जाल फेसबुकले तस्बिरमा अनुहार नदेखिएको अवस्थामा पनि व्यक्तिलाई पहिचान गर्न सक्ने फेसियल रिकगनाइजेसन प्रविधिको विकास गर्ने भएको छ । नयाँ प्रविधिले तस्बिरमा अनुहार नदेखिएका व्यक्तिलाई पनि पहिचान गर्ने फेसबुकले जनाएको छ ।
तस्बिरमा अनुहार देखिएका व्यक्तिलाई पहिचान गर्ने प्रविधि यसअघि नै प्रयोगमा आइसकेको छ । त्यो प्रविधि सफल भएको र त्यसमा थप सुधार गर्नका लागि अनुहार नदेखिएका व्यक्तिको पहिचान गर्ने प्रविधिको परीक्षण गरिएको फेसबुकले जनाएको छ । नयाँ प्रविधिको प्रभावकारिता परीक्षण गर्न तस्बिरमा अनुहार नदेखिएका ४० हजार तस्बिर लिएको र यो प्रविधिले ८३ प्रतिशत व्यक्तिलाई सही पहिचान गरेको फेसबुकले जनाएको छ ।नयाँ प्रविधिले व्यक्तिको पहिचानका लागि कपाल, लुगा तथा शारीरिक संरचनाको विश्लेषण गर्नेछ । यो नयाँ प्रविधि अहिले परीक्षणको चरणमा रहेको फेसबुकले जनाएको । तर छिट्टै नै थप परीक्षण र सुधार गरेर यसलाई एपको रुपमा ल्याउने फेसबुकको तयारी छ ।

– एजेन्सीको सहयोगमा

जिमेलले सुरु गर्‍यो इमेल तत्कालै फिर्ता गर्न मिल्ने सुविधा

जिमेलाबाट पठाएको इमेल तत्कालै फिर्ता गर्न मिल्ने सुविधा औपचारिक रुपमा सुरु भएको छ । जिमेलले कुनै पनि इमेल पठाएको फिर्ता गर्न मिल्ने अन डु सेण्डको सुविधा सुरु गरेको हो ।

यो सुविधाले कसैलाई अनावश्यक इमेल पठाएको खण्डमा फिर्ता गर्न चाहनेलाई सजिलो हुने भएको छ । तर त्यसका लागि भने इमेल सेण्ड भएको पाँचदेखि ३० सेकेण्ड भित्र अन डु सेण्ड अप्सनमा क्लिक गर्नुपर्ने हुन्छ ।
जिमेल सेवा प्रदायक गुगलले यो सुविधा सर्वप्रथम सन् २००९ मा सुरु गरेको थियो । त्यसबेलादेखि अन डु सेण्ड अप्सन जिमेलले लुकाएको थियो । तर अहिले भने जिमेलले यसलाई प्रयोगमा ल्याएको हो । 
हरेक जिमेल प्रयोगकर्ताले आफ्नो एकाउन्टमा अन डु सेण्ड अप्सन कति सेकेण्ड भित्र गर्न सकिने भनेर पाँचदेखि ३० सेकेण्डको समय रोज्न सक्न छन् । अनडु सेण्ड अप्सन एक्टिभेट गर्ने तरिकाका लागि यहाँ जानुहोस् । 

– एजेन्सीको सहयोगमा

फोन कै भरमा रोजेको सामान घरमा

Written By Rijan KC on Saturday, June 20, 2015 | 2:02 AM

काठमाडौं, जेठ २८ – अनलालाइन मार्फत सरसामान किनमेलको सुविधा दिँदै आएको मुन्चा डट कमले अब टेलिफोनमा दिइएको अडरका आधारमा सरसामान उपभोक्ताको घर दैलोमा पुर्‍याउने भएको छ ।
उपभोक्ताको व्यवस्तता र आवश्यकतालाई ध्यानमा राखेर फोनकै आभारमा रोजेको सामान घरमै पुर्‍याइदिने सेवा सुरु गरेको जनाएको छ । आफ्नो सेवालाई सहज र व्यवहारिक बनाउनका लागि फोन अडर सेवा सुरु गरिएको मुन्चाले जनाएको छ ।
यसका लागि उपभोक्ताले मुन्चा डट कममा उपलब्ध सामानमा क्लिक गरेपछि त्यहाँ देखिने फर फोन अडर बटनमा क्लिक गर्नुपर्छ । त्यहाँ सोधिने नाम र फोन नम्बर टाइप गरेर सबमिट गरेपछि मुन्चाले रोजेको सामान घरमै पुर्‍याउँछ । इ–कमर्स साइट मुन्चाले सन् २००० देखि अनलाइन सपिङ गराउँदैआएको छ ।

सामसुङले ल्याउँदै छ एस सिक्स प्लस

जेठ २० – सामसुङले नयाँ स्मार्ट फोन ल्याउने भएको छ । केही समयअघि सामसुङ ग्यालेक्सी एस सिक्स र ग्यालेक्सी एस सिक्स एज बजारमा ल्याएको कोरियन इलेक्ट्रोनिक्स जाइन्ट सामसुङले ग्यालेक्सी एस सिक्स प्लस ल्याउने तयारी सुरु गरेको हो । सामसुङ फोक्सड् ब्लग साम मोबाइलका अनुसार सामसुङले आउँदो सेप्टेम्बरमा जर्मनीको बर्लिनमा हुने वार्षिक आइएफए कन्जुमर इलेक्ट्रोनिक्स ट्रेड शोको क्रममा ग्यालेक्सी एस सिक्स प्लस सार्वजनिक गर्ने तयारी गरेको छ । सामसुङले ग्यालेक्सी एस सिक्स प्लस निर्माण योजनालाई प्रोजेक्स जेन टु नाम दिएको छ । ग्यालेक्सी एस सिक्स प्लसमा ५ दशमलव ४ वा ५ दशमलव ५ इन्चको सुपर एमोलिड डिस्प्ले हुनेछ । यस्तै ग्यालेक्सी एस सिक्स एजमा जस्तै एस सिक्स प्लस  जाइन मोडिएको हुनेछ । एस सिक्स एजको तलपट्टीको भाग मोडिएकोमा एस सिक्स प्लसको माथि र तल दुवै पट्टीको भाग मोडिएको हुनेछ । यसमा ८ सय ८ हेग्जा कोर प्रोसेसर, ३२ जिबीको इन्टरनल स्टोरेज, १६ मेगापिक्सलको क्यामेरा तथा ५ मेगापिक्सलको फ्रन्ट क्यामेरा हुनेछ ।
– एजेन्सीको सहयोगमा

रिमोट कन्ट्रोलबाट चल्ने कार (भिडियो सहित)

असार ३ – बेलायती कार निर्माता कम्पनी जागुअर ल्याण्ड रोवरले स्मार्टफोन एपबाट नियन्त्रण गर्न सकिने कारको नमुना सार्वजनिक गरेको छ । ल्याण्ड रोवरले स्मार्टफोनमा रहेको रिमोटकन्ट्रोल एपबाट नियन्त्रण गर्न सकिने स्पोर्टस कारको नमुना सार्वजनिक गरेको हो ।
कार भन्दा ३२ फिट परसम्म ड्राइभर हुँदासम्म रिमोट कन्ट्रोलले कारलाई नियन्त्रण गर्न सक्ने ल्याण्ड रोवरले जनाएको छ । तर घरमै बसेर कारलाई चलाउन भने सकिने छैन । यस्तै गुडिरहेका बेला नजिकै कुनै अवरोध रहेछ भने कार आफै रोकिन्छ, यसले गर्दा सम्भावित दुर्घटना वा अप्ठ्यारोबाट जोगिन सकिने कम्पनीले जनाएको छ ।
यस्तै आफू जाने बाटोमा केही अवरोध छ कि छैन भनेर ड्राइभर बाहिरै बसेर कारलाई केही अघिसम्म पठाएर अवस्था बुझ्न पनि सकिनेछ । यो सुविधाले साँघुरो ठाउँ जहाँ पार्किङ गरेपछि ढोका खोल्न मिल्दैन त्यस्तो ठाउँमा पार्किङ गर्न र त्यहाँबाट कार निकाल्न सजिलो हुने कम्पनीले जनाएको छ । तर यो सुविधा सहितको कार बजारमा ल्याउने नल्याउने बारेमा भने कम्पनीले केही बताएको छैन ।
भिडियाे

– एजेन्सीको सहयोगमा

Puja Saving & Credit Co-operative Ltd.
 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC