Home » » फार्मेसी सञ्चालन गर्न भरतपुर अस्पताललाई सुझाव

फार्मेसी सञ्चालन गर्न भरतपुर अस्पताललाई सुझाव

Written By Unknown on Wednesday, August 5, 2015 | 2:51 AM

साउन २०
भरतपुर अस्पतालललाई तयारी गरि यथाशिघ्र फार्मेसी सञ्चालन गर्न चितवनका राजनैतिक दलहरुले सुझाएका छन् । सर्वोच्च अदालत र नेपाल सरकारले देशभरका सरकारी अस्पतालले साउन १ गतेबाट कुनै पनि नीजि व्यक्ति वा संस्थालाई फार्मेसी सञ्चालन गर्न नदिन आदेश दिएका कारणले अस्पताल परिसरमा सञ्चालित राज मेडिकल हल बन्द भएको थियो । अस्पताल भित्रको फार्मेसी बन्द हुँदा बिरामीहरूले निकै सास्ती झेल्नुपरेको भन्र्दै संक्रमणकालिन व्यवस्थापन गर्न दलहरूले अस्पताल बिकास समितीलाई आग्रह गरेका छन् । सो अनुरूप राज मेडिकल हलका नाममा सञ्चालित फार्मेसीलाई २ महिना भित्र सटर खाली गर्ने गरि औषधी बिक्रीवितरण गर्न दिने सहमती दलहरूसँगको बैठकमा भएको छ । सरकारी सबै नीति नियमहरूको पालना गरि औषधी खरिद, मानव संसाधन व्यवस्थापन गर्न केही समय लाग्ने भएकोले २ महिना भित्र फार्मेसी सञ्चालन गर्ने गरि अस्पतालले तयारी थालेको छ । फार्मेसी बन्द हुँदा बिरामीहरूको सेवा प्रवाहमा प्रत्यक्ष असर गरेकोले २ महिना भित्र छाड्ने गरि सेवा सञ्चालन गर्न दिन दलहरूले अस्पताल प्रशासनलाई सुझाएका थिए । सरकारको निर्देशन र सर्वोच्चको आदेश अनुरूप अस्पताल आफैले फार्मेसी सञ्चालन गर्नुपर्ने भएपछि साउन १ गतेबाट फार्मेसी बन्द भएको थियो ।
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC