Home » » कैलालीमा हत्या गरिएका एसएसपी न्यौपानेको आर्यघाटमा अन्त्येष्टि

कैलालीमा हत्या गरिएका एसएसपी न्यौपानेको आर्यघाटमा अन्त्येष्टि

Written By Unknown on Tuesday, August 25, 2015 | 6:16 AM


भदौ ८ 
कैलालीमा हत्या गरिएका सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपानेको शव मंगलबार नेपाली सेनाको हेलिकप्टरबाट राजधानी ल्याइ पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । झापा स्थायी घर भइ काठमाडौंको सिनामंगलमा बस्दै आएका एसएसपी न्यौपानेको शव मंगलबार गौशालास्थित प्रहरी वृत्तमा राखेर श्रद्धान्जली दिइएको थियो । न्यौपानेप्रति सरकारका मन्त्रीहरु, कायममुकायम प्रधानसेनापति राजेन्द्र क्षेत्री, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललगायत प्रहरीका उच्च पदस्थ अधिकृतहरुले श्रद्धान्जली अर्पण गरेका थिए । साथै, आफन्तजन, साथीभाइ र सर्वसाधारणले पनि श्रद्धान्जली दिएका थिए । उनका आमा, श्रीमती, एक छोरा र एक छोरी छन् ।
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC