Home » » चितवनमा ७० प्रतिशत जमिनमा मात्र धान रोपाइ

चितवनमा ७० प्रतिशत जमिनमा मात्र धान रोपाइ

Written By Unknown on Tuesday, August 4, 2015 | 3:44 AM

साउन १९ 
साउन महिना सकिनै लाग्दा चितवनमा करिब ७० प्रतिशत जमिनमा मात्र धान रोपाईं गरिएको छ । सिञ्चाईंको असुबिधाका कारण बर्षाको भरपर्नुपर्ने बाध्यताका कारण ३० प्रतिशत जमिन अझै बाँझै रहेको छ । नारायणी लिफ्ट सिंचाईं र खगेरी सिंचाईमा पानी छोड्न ढिलाई गरिंदा रोपाईं प्रभावित भएको जिल्ला कृषि विकास कार्यालय चितवनका प्रमुख सोमनाथ घिमिरेले बताउनुभयो । कृषि विकास कार्यालयका प्राबिधिक सहायक नोदनाथ लामिछानेका अनुसार पूर्वी र माडी क्षेत्रमा ९५ प्रतिशत क्षेत्रमा धान रोपिएको छ । पश्चिम क्षेत्रमा भने करिब ४० प्रतिशत जमिनमा मात्र धान रोपिएको छ । धान राम्रो फल्ने पश्चिम चितवनका दिव्यनगर, मेघौली, मंगलपुर, गुञ्जनगर, सारदानगर, पार्वतीपुर, फूलवारी, शिवनगर र पटिहानी क्षेत्रमा केहि दिन अघिबाट मात्र रोपाई सुरु भएको छ । चितवनमा गत बर्ष २९ हजार ५ सय ७५ हेक्टर क्षेत्रफलमा धान रोपिएको थियो । यस बर्ष सो भन्दा १ सय ७५ हेक्टर कम क्षेत्रमा धान रोपिने कृषि कार्यालयले जनाएको छ । चितवनबाट हरेक बर्ष १० हजार मेट्रिकटन धान अन्य जिल्लामा निर्यात हुने गरेको छ ।
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC