Home » » अपराध नियन्त्रण गर्न नारायणगढ प्रहरीको साईकल गस्ती

अपराध नियन्त्रण गर्न नारायणगढ प्रहरीको साईकल गस्ती

Written By Unknown on Tuesday, August 4, 2015 | 2:47 AM


१९ साउन 
वडा प्रहरी कार्यालय नारायणगढले साईकल गस्तीलाई तिव्रता दिएको छ । विभिन्न संघसंस्थाले साईकल प्रदान गरेपछि कार्यालयले यसलाई सक्रियताका साथ अघि बढाएको हो । साईकल गस्ती सुरु भएपछि शान्ति सुरक्षामा सहजता हुने गरेको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक सत्यनारायण थापाले बताए । उनले साईकल गस्ती सुरु भएपछि प्रहरी पनि चलायमान भएको बताए । उनका अनुसार पहिले पहिले चोकमा मात्रै बसिरहने प्रहरीहरु पनि अहिले चलायमान भएका छन् । जसका कारण वरपरका जानकारी लिन पनि प्रहरीलाई सजिलो भएको छ । उनले हरके दिन राती ८ बजेदेखि साईकल गस्ती सुरु गरिने जानकारी दिए । अहिले वडामा गस्तीका लागि १२ वटा साईकल रहेका छन् । तिनै साईकल प्रयोग गरि प्रहरी भरतपुरका विभिन्न वडामा गस्ती गर्ने गरेको छ । जसले गर्दा चोरी, डकैटी, लुटपाटमा कमी आएको प्रहरीको भनाई छ । प्रहरी निरीक्षक थापाले नारायणगढको लायन्सचोक, शहिदचोक, पुल्चोक र पोखरा बसपार्कमा साईकल गस्ती हुने गरेको जानकारी गराए । उनले साईकल गस्ती सुरु भएको करिव एक महिना भएको बताए । यसअघि बजार क्षेत्रमा साईकल गस्ती हुने गरेको थिएन । प्रहरी निरीक्षक थापा हेटौडाबाट चैत्र १३ गते चितवन सुरुवा भई आएका हुन् ।



Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC