Home » » मंगलादेवी सिंहको १९ औं स्मृति दिवस नेपाली कांग्रेसका भ्रातृ संगठनहरुले मनाउँदै

मंगलादेवी सिंहको १९ औं स्मृति दिवस नेपाली कांग्रेसका भ्रातृ संगठनहरुले मनाउँदै

Written By Unknown on Thursday, August 27, 2015 | 4:25 AM


भाद्र १०
मंगलादेवी सिंहको १९ औं स्मृति दिवस नेपाली कांग्रेसका भ्रातृ संगठनहरुले बिभिन्न कार्यक्रम गरी मनाउँदैछन् । आज नेपाल महिला संघले काठमाडौं जिल्ला समितिले शोभाभगवतीमा मंगलादेवीको प्रतिमामा माल्यार्पण कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमलाई सम्वोधन गर्दै उपप्रधान एवम् स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले कैलालीको आन्दोलनरत पक्षलाई तत्काल वार्तामा आउन आग्रह गर्नुभयो । सरकार वार्ताबाटै सबै समस्याको समाधान गर्न प्रतिबद्ध रहेको उहाको भनाइ थियो । सरकार नागरिकको सुरक्षा र शान्ति सुब्यवस्था कायम राख्न प्रतिबद्ध रहेको भन्दै उहाले टीकापुरमा सुरक्षाकर्मीमाथि भएको आक्रमणका दोषिलाई कारवाहीको दायरामा ल्याइने बताउनुभयो । उहाले संविधान निर्माण प्रक्रिया नरोकिने र सबैका भावनालाई समेट्ने प्रयास भैरहेको जानकारी दिनुभयो । फरक प्रसंगमा सिंहले अहिले संविधान निर्माणलाई उच्च प्राथमिकता दिनु परेकाले कांग्रेसको १३ औं महाधिवेशनका बिषयमा छिट्टै केन्द्रीय कार्यसमितिको बैंठक बसेर उचित निर्णयमा पुग्ने जानकारी गराउनुभयो । कार्यक्रमका वक्ताहरुले नेपाली महिला आन्दोलनमा मंगलादेवी सिंहले र्पुयाएको योगदानको चर्चा गरेका थिए ।


Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC