Home » » चारदिन देखि अनशन बस्नुभएका डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिदै

चारदिन देखि अनशन बस्नुभएका डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिदै

Written By Unknown on Thursday, August 27, 2015 | 4:08 AM


भाद्र १०
स्वास्थ्य क्षेत्रको सुधारका लागि अनशन बस्नुभएका डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिन थालेको छ । केसीको रगत र पिसावमा समस्या देखिएको छ भने मुटुको धड्कन बढिरहेको डाक्टर जीवन क्षेत्रीले जानकारी दिनुभयो । केसीले यसअघि भएका सम्झौताहरु पुरै कार्यान्वयन नभएसम्म अनशन नतोड्ने अडान राख्नुभएको छ । यसैबीच सरकारले अनशन फिर्ता लिन गरेको आग्रह केसीले अस्विकार गर्नुभएको छ । सरकारले केसीका केही मागहरु माथेमा कार्यदलले बुझाएको प्रतिवेदनका आधारमा कार्यान्वयन भईसकेको र केही कार्यान्वयनको प्रकृयामा रहेको भन्दै अनसन तोड्न हिजो विज्ञप्ती मार्फत आग्रह गरेको थियो । तर केसीले यसअघिका सहमति कार्यान्वयन नगर्ने सरकारी प्रवृत्तिको अन्त्य हुनुपर्ने अडान राख्नुभएको छ । स्वास्थ्य क्षेत्रको सुधारका लागि केसीले छैठौं पटक चारदिन अघिदेखि अनशन थाल्नुभएको हो । 

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC