Home » » हावाहुरीले ४० लाख बराबरको केराखेती नस्ट

हावाहुरीले ४० लाख बराबरको केराखेती नस्ट

Written By Unknown on Monday, August 31, 2015 | 3:56 AM

१४ भदौ
नवलपरासीको कावासोतीमा केराखेती गर्दै आएका अधिकांश किसानहरुले लगाएको केराखेती हावाहुरीले सबै नष्ट गरेको छ । गएराती आएको हावाहुरुले कावासोती नगरपालिकाको बडा न ५ मा मात्र ४० लाखको नोक्सान भएको स्थानियको भनाई रहेको छ । केराखेती सबै नष्ट भएपछि नवलपरासीका किसानहरु चिन्तित बनेका छन् । आम्दानीको मुख्य श्रोत बनेको केरा खेती दशैमा तयार हुन्छ र विक्री गरेर आम्दानी गरौला भन्ने सोंचमा बसेका किसानहरुलाई एक्कासी हावाहुरीले सबै केरा नष्ट गरेपछि अब चाडपर्व कसरी मनाउने भन्ने चिन्ताले सताएको किसानहरुको गुनासो रहेको छ  । एकछिन आएको हावाहुरीले बन्द गरेको भन्दै किसानहरुलाई जिल्ला कृषि विकास कार्यालयले क्षतीपुर्तीको व्यवस्था गर्नुपर्ने माग गरेका छन् । कृषि क्षेत्रमा छुट्याईएको बजेट केरा खेती गर्ने किसानको हितमा पनि हुनुपर्ने र आफुहरुको नोक्सानको क्षतीपुर्ती कार्यालयले गर्नुपर्ने बताएका छन् । कावासोतीमा अहिले करीब ३ सय हेक्टरमा र १ सय भन्दा बढि किसानहरुले केरा खेती गर्दै आएको कावासोती तरकारी तथा फलफुल उत्पादक सहकारी संस्थाका अध्यक्ष लेखनाथ बस्यालले जानकारी दिनुभयो । गएरातीको हावाहुरीले अधिकाशं किसानहरुको केरा खेती नष्ट गरेको गुनासो आएको र के कति नोक्सान भएको हो आजै अनुगमन गरि क्षती पुर्तीका लागी पहल गर्ने उहाँले बताउनुभयो । पीडित किसानहरुले  वर्ष भरीको घरखर्च चलाउने माध्यम नै  यसरी अचानक हुने नोक्सानीबाट केहि हदसम्म बिमा कम्पनीले पुर्ती गर्ने भएपनि किसानहरु बिमा प्रति अझै विश्वस्त हुन सकिरहेका छैनन् । नवलपरासीमा पछिल्लो समयमा केरा खेती गर्ने किसानहरुले बिमा गर्नेक्रम बढेको भएपनि किसानहरु आफ्नो सबै केरा खेतीको बिमा गर्न भने आनाकानी गर्ने गरेकाले पनि किसानहरु खेती नष्ट हुँदा बढि नोक्सानमा व्यहोर्न बाध्य हुने गरेका छन् ।
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC