Home » » २६ दिन देखिको बन्दले टीकापुरको यस्तो हालत

२६ दिन देखिको बन्दले टीकापुरको यस्तो हालत

Written By Unknown on Sunday, August 30, 2015 | 10:36 PM

भदौ १४ 
२६ दिनदेखिको लगातार बन्दको कारण कैलालीको टीकापुर बेहाल बनेको छ । २६ दिनअघि अखण्ड सुदूरपश्चिम पक्षधरले बन्द आह्वान गरेका थिए भने त्यसको दुईदिनपछि थरुहट पक्षधरले बन्द गरे यता टीकापुर खुलेको छैन । ७ गते आन्दोलनकारीको झडपमा प्रहरीका एसएसपी सहित ८ सुरक्षाकर्मी र एक बालकको मृत्यु भएपछि कर्फ्यु  र दंगाग्रस्त घोषणा गरिएको टीकापुर त्यसयता पूर्ण रुपमा बन्द छ । लगातरको बन्दका कारण जनजीवन निकै कष्टकर भएको छ । नून तेल, चामल जस्ता दैनिक उपभोग्य बस्तुको अभाव भएको छ । बजारमा रिचार्ज कार्ड सम्म सकिएकोले स्थानीयलाई सञ्चार सम्पर्कमा समेत कठिनाई भएको छ । कतिपय वस्तुको मूल्य आकासिएको छ । तरकारीको अभाव भएको छ । कतिपय सामानको कालोबजारी भइरहेको छ । सय रुपैयांको रिचार्ज कार्ड दोब्बर मुल्यमा बिक्री भएको पाईएको छ । टीकापुर उद्योग वाणिज्य संघले बन्दले उद्योग व्यवसाय धराशायी भएको, दैनिक उपभोग्य बस्तुको चरम अभाव भएको र जनजीवन अत्यन्त कष्टकर भएको बताएका छन् । कफ्र्यु खुकुलो गर्न प्रहरी प्रशासनलाई स्थानियले आग्रह गर्दै आएका छन् । उता, सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै टीकापुरमा गत सोमबारबाट लगातार लगाइएको कर्फ्यु आजबाट केही खुकुलो पारिएको छ । चौबिसै घण्टा लगाउंदै आएको कर्फ्यु  आजबाट बिहान ८ बजेदेखि १० बजेसम्म दुई घण्टाको लागि खोलिएको हो । कर्फ्यु  खुकुलो पारिएसंगै स्थानियको दैनिकी केही सहज बनेको छ । उता, कर्फ्युको कारण टीकापुरमा फसेकाहरुलाई प्रहरीले उद्धार गरी धनगढी पुर्‍याएको छ । स्थानीय प्रशासनले कैलालीकै भजनी त्रिशक्तिनगरपालिका सहित दुर्गौली, धनसिंहपुर, पथरैया, मुनुवा, जोशीपुर, नारायणपुर, बौनिया र थापापुर गाविसमा लगाइएको कर्फ्यु भने अझै हटाइएको छैन । प्रशासनले धनगढी नगरपालिकामा भने सोमबार पनि साढे ११ बजेदेखि साँझ साढे ५ बजेसम्मका लागि फेरी कर्फ्यु  आदेश जारी गरेको छ । दंगाग्रस्त क्षेत्र घोषणा गरिएका सबै गाविसमा सेनाको उपस्थिति छ ।
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC