Home » » साफ यु–१९ च्याम्पियनसिपस् माल्दिभ्समाथि अफगानिस्तान हावी

साफ यु–१९ च्याम्पियनसिपस् माल्दिभ्समाथि अफगानिस्तान हावी

Written By Unknown on Friday, August 21, 2015 | 5:43 AM


भदौ ४ 
पहिलो यु–१९ साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा दाबेदार अफगानिस्तानले विजयी सुरुआत गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा शुक्रबार भएको खेलमा अफगानिस्तानले माल्दिभ्सलाई ३–१ ले पराजित गर्‍यो । यो जितसँगै अफगानिस्तानले उमेर समूहमा पनि टिम सशक्त भएको दाबेदारी पेश गरेको छ । सिनियर टिमको साफ च्याम्पियनसिपको च्याम्पियन अफगानिस्तानले उमेर समूहको उपाधि पनि जित्ने बाटो पहिल्याउँदै सेमिफाइनलनजिक पुगेको छ । अफगानिस्तानले अब समूहको अन्तिम खेलमा अर्को दाबेदार टिम भारतसँग खेल्नेछ । प्रतियोगिताको तेस्रो खेलमा शनिबार बंगलादेश र भुटान भिड्दै छन् । बंगलादेशले पहिलो खेल खेल्दैगर्दा भुटान भने उद्घाटन खेलमा नेपालसँग ३–१ ले पराजित भएको थियो ।
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC