Home » » टिकापुर घटनामा सरकारको कमजोरी , गुरुङ

टिकापुर घटनामा सरकारको कमजोरी , गुरुङ

Written By Unknown on Monday, August 31, 2015 | 4:18 AM

 भदौ १४ 
 नेकपा–माओवादीका सचिव देव गुरुङले टिकापुर घटनामा सरकारको कमजोरीका कारण भएको बताउनुभएको छ । रफत सञ्चार क्लबले भक्तपुरमा गरेको कार्यक्रममा बोल्दै गुरुङले अखण्ड सुदूरपश्चिम आन्दोलनकारीलाई संरक्षण र थारुको वर्चश्व रहेको टिकापुरमा मात्र लगाएको कर्फ्युका कारण कैलाली घटना भएको आरोप लगाउनुभयो । कैलाली आन्दोलनमा जसरी नेपाल सरकार र विभिन्न राजनीतिक दलले घुसपैठ भएको भन्दै विभिन्न खालका आरोप लगाएका छन् त्यो सरासर गलत हो’ गुरुङले भन्नुभयो ‘आन्दोलनलाई हाम्रो पार्टीको पूर्ण समर्थन छ, स्थानीय प्रशासन र सरकारको कमजोरीकै कारण टिकापुरमा दुःखद घटना घटेको हो ।’ संविधान निर्माण भन्दापनि पदको बार्गेनिङले संविधान जारी गर्ने वातावरण बिग्रिएको बताउँदै उहाँले विदेशीले ठुला राजनीतिक दलका नेतालाई आफू अनुकूल परिचालन गरेको आरोप लगाउनुभयो ।
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC