Home » » मलेसियामा सरकार विरुद्ध प्रदर्शन

मलेसियामा सरकार विरुद्ध प्रदर्शन

Written By Unknown on Sunday, August 30, 2015 | 4:30 AM

भदौ १३ 
मलेसियामा सरकार विरोधी प्रदर्शनमा हजारौं सहभागि भएका छन् । प्रधानमन्त्री नजिब रजाकले भ्रष्टाचारविरुद्ध कुनै कदम चाल्न नसकेको भन्दै प्रदर्शनकारीले उनको राजीनामा मागेका छन् । सरकारले प्रदर्शनलाई गैरकानूनी भनेपनि राजधानी क्वालालाम्पुरमा ठूलो संख्यामा प्रदर्शनकारी सडकमा उत्रिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । धेरैजसो प्रदर्शनकारीले आइतबार पनि प्रदर्शनमा सहभागी हुन सडकमै डेरा जमाएर रात काटेका छन् । प्रधानमन्त्री रजाकले विदेशी दाताबाट ७० करोड अमेरिकी डलर लिएको भन्दै प्रदर्शनकारी आक्रोशित भएका हुन् । मलेसियाको भ्रष्टाचारविरुद्ध कार्य गर्ने निकायले पनि अमुक विदेशी दाताले रकम दिएको पुष्टि भएको जनाएको छ । तर प्रधानमन्त्री रजाकले भने आफूले कुनै गलत काम नगरेको दाबी गर्दै प्रदर्शनकारीले मुलुकको छवी धमिल्याएको आरोप लगाएका छन् ।
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC