Home » » नेपालले भोलि मलेसियाको सामना गर्ने

नेपालले भोलि मलेसियाको सामना गर्ने

Written By Unknown on Sunday, August 30, 2015 | 4:34 AM

भदौ १३ 
 एसीसी यु–१९ प्रिमियर लिग क्रिकेटमा नेपालले भोलि(सोमबार)आयोजक मलेसियाको सामना गर्दै छ । ्रतियोगिताको पहिलो खेलमा युएईबिरुद्ध फराकिलो जित निकालेको नेपालले दोस्रो खेलमा भने अफगानिस्तानसँग १० विकेटको लज्जास्पद पराजय व्यहोरेको थियो ।नेपालसहित अफगानिस्तान, युएई, मलेसिया, साउदी अरेबिया र कतारको सहभागिता रहेको प्रतियोगितामा सहभागी सबै टोलीले राउण्ड रोेबिन लिगका आधारमा एक अर्कासँग प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिताको शीर्ष तीनभित्र पर्ने टोली यु–१९ एसिया कपका लागि छनोट हुनेछन् ।प्रतियोगितामा बलियो मानिएको साविक विजेता अफगानिस्तान विरुद्धको निर्णायक खेल गुमाएको नेपालको पहिलो स्थान हासिल गर्ने सम्भावना भने न्युन बनेको छ ।जारी प्रतियोगितालाई नेपाली टोलीले यु–१९ विश्वकप क्रिकेट छनोट प्रतियोगिताको तयारीको रुपमा समेत हेरेको छ । कुनै घरेलु प्रतियोगिता नै आयोजना नगरी नेपाल क्रिकेट संघ ९क्यान०ले खेलाडी छनोट गरि प्रतियोगिताका लागि मलेसिया पठाएको हो ।सिनियर नेपाली क्रिकेट टोलीमाजस्तै किशोर टोलीमा पनि ब्याटिङ मुख्य समस्याको रुपमा देखिएको छ ।

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC