Home » » वैद्यनाथ मन्दिरमा भागदौड, ११ जनाको मृत्यु

वैद्यनाथ मन्दिरमा भागदौड, ११ जनाको मृत्यु

Written By Unknown on Monday, August 10, 2015 | 4:18 AM

 श्रावण २५ 
भारतको झारखण्ड राज्यमा रहेको देवघरमा एउटा मन्दिरमा भएको भागदौडमा कम्तीमा ११ जनाको मृत्यु भएको छ । सोमबार बिहानै वैद्यनाथ मन्दिरमा भक्तजनहरुबीच भागदौड भएको हो । देवघरका उपायुक्त अमितकुमारका अनुसार स्थानीय समयअनुसार सोमबार बिहान साढे चार बजे भक्तजनहरु मन्दिरमा जलाभिषेकका लागि लाइन लागेको बेलामा भागदौड मच्चिएको हो । श्रावणको सोमबार सो मन्दिरमा भक्तजनहरुले जल चढाउने गर्दछन् । जल चढाउनका लागि रातिदेखि नै लाइनमा बसेका भक्तजनबीच एकाएक अगाडी जान होडबाजी चल्दा भागदौड भएको हो । तर प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै विभिन्न भारतीय संचारमाध्यमले जनाए अनुसार सत्सङ्ग चोकमा भक्तजनहरुको लाइन नियन्त्रित गर्नका लागि भन्दै प्रहरीले लाठीचार्ज गरेपछि भागदौड मच्चिएको हो । सो घटनामा अन्य १७ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ । घाइतेमध्ये अधिकांश उत्तरप्रदेश र नेपालका नागरिक रहेको जनाइएको छ ।

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC