Home » » ओलम्पिक कमिटीको निर्वाचन भदौ १७ मा हुने

ओलम्पिक कमिटीको निर्वाचन भदौ १७ मा हुने

Written By Unknown on Monday, August 10, 2015 | 4:21 AM

श्रावण २५ 
नेपाल ओलम्पिक कमिटीको नयाँ नेतृत्व चयनका लागि आगामी भदौ १७ गते निर्वाचन हुने भएको छ । विधान अनुसारको प्रक्रिया नपुगेको भन्दै गत बिहीबारका लागि तय भएको चुनाव रोकिएसँगै ओलम्पिक कमिटिले नयाँ निर्वाचनको साईत जुराएको हो । काठमाडौंको दरबारमार्गमा आइतबार बसेको ओलम्पिक कार्यसमिति बैठकले भदौ १७ गते निर्वाचन गर्ने निर्णय गरेको हो । निर्वाचनको लागि ओलम्पिक काउन्सिल अफ एसिया तथा अन्तर्रा्ष्ट्रिय ओलम्पिक कमिटिका प्रतिनिधि हैदर फरम्यानको समय मिलाएर मिति तोकिएको बताइएको छ । फरम्यान नेपालको चुनाव सकाएर भियतनाम जाने तालिका रहेको छ । ओलम्पिक कमिटीको बैठकले अर्को वर्ष हुने ओलम्पिक खेलकुदको सेफ डे मिसनको बैठकमा ओलम्पिक कमिटीका महासचिव जिवनराम श्रेष्ठलाई पठाउने निर्णय पनि गरेको छ ।


Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC