Home » » सरकारद्धारा भूकम्प बढी प्रभावित १४ जिल्लामा दादुरा–रुबेला खोप अभियान संचालन

सरकारद्धारा भूकम्प बढी प्रभावित १४ जिल्लामा दादुरा–रुबेला खोप अभियान संचालन

Written By Unknown on Saturday, August 15, 2015 | 4:37 AM


साउन ३०
भूकम्प बढी प्रभावित १४ जिल्लामा दादुरा–रुबेला खोप अभियान संचालन गरेको छ । वैशाख १२ गतेको भूकम्पका कारण स्थगित भएको अभियान आजदेखि फेरि संचालन भएकोे इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।  महाशाखाका निर्देशक डाक्टर बाबुराम मरासिनीका अनुसार आज र भोलि प्रभावित क्षेत्रका विभिन्न चोकमा र सोमबारदेखि घरघरमा गएर खोप दिइनेछ । उहाँले दादुरासँगै खतराको रुपमा देखापरेको रुबेलाको रोकथामका लागि दादुरा–रुबेला खोप दिइन लागेको जानकारी दिनुभयो । पहिले यसका विरामी धेरै भएपनि केहि समय घटेका तर खोप दिन छुटेपछि फेरि बढेकाले अभियान चलाइएको उहाँको भनाई छ । पहिलो चरणमा आज देखि तीन दिन र दोस्रो चरणमा भदौ  १४ देखि १९ गतेसम्म खोप सेवा सञ्चालन गरिनेछ । अभियानको क्रममा पाँच वर्षसम्मका बालबालिकाका लागि दादुरा–रुबेला खोप लगाउने महाशाखाको योजना छ । 
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC