चितवन, साउन २५

चितवनमा नेपाल शैक्षिक परामर्श संघ (इकयान)ले पहिलोपटक शैक्षिक मेला हुने भएको छ । राजधानी वाहिर चितवनमा पहिलोपटक शैक्षिक मेला गर्न लागिएको आयोजकले जानकारी दिएका छन् । भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पसको प्राङगणमा भाद्र २५ देखि २७ सम्म ३ दिन मेला सञ्चालन गर्न लागिएको संयोजक हिम्मत पुरीले जानकारी दिनुभयो । विदेशी कलेजहरुको समेत स्टल रहने संयोजक पुरीले जानकारी दिनुभयो । त्यसका लागि क्याम्पससँग सहमती गरिसकिएको छ । मेलामा १२० बटा स्टलहरु राखिने प्रचार प्रसार समितीका संयोजक राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उच्च मावि अध्ययन सकेका विद्यार्थीहरुलाई वैदेशिक शिक्षाको विषयमा जानकारी दिन शैक्षिक मेला संञ्चालन गर्न लागिएको हो । मेलाको तयारीका सन्र्दभमा चितवन र नवलपरासीको बिभिन्न कलेजहरुका प्रिन्सिपल तथा प्रमुखहरूसँग अन्र्त्क्रिया गरिएको छ । भरतपुरमा गरिएको अन्र्त्क्रियामा सहभागी कलेजका प्रतिनिधी तथा प्रमुखहरूले आ आफ्नो कलेजको सहभागीता र सहयोग रहने प्रतिक्रिया दिएका छन् । यस्तै, इक्यानमा आबद्ध नभएका अन्य शैक्षिक परामर्श सस्थाका प्रतिनिधी तथा प्रमुखहरूसँग पनि एक अन्र्त्क्रिया गरीएको प्रचार संयोजक राजेन्द्र श्रेष्ठले वताउनुभयो । मेलामा बढि भन्दा बढि सहभागीताका लागि बिभिन्न पक्षहरूसँग छलफल गर्ने कार्यक्रम रहेको श्रेष्ठले जानकारी दिनुभयो । इक्यान चितवनका पूर्व अध्यक्ष सोम बहादुर कँण्डेलले बिद्यार्थीहरूलाई इच्छा अनुसारको शिक्षा दिनका लागि र उनीहरूको मनोभाव बुझ्नका लागि मेला फलदायी सावित हुने बिश्वास लिएको वताउनुभयो । उच्च माविको अध्ययन सकेर वैदेशिक शिक्षाका लागेका विद्यार्थीहरुलाई त्यस बारेमा जानकारी गराउँदै सहज अवस्था निर्माणमा सहयोग गर्नु मुख्य उदेश्य रहेको इक्यानका जिल्ला संयोजक जीवन रिजालले जानकारी दिनुभयो । अन्तराष्ट्रिय शिक्षालाई नेपाली विधार्थीहरुको पहँुचमा पु¥याउनु मेलाको धेय रहेको रिजालले वताउनुभयो । इक्यानका देशभर ३ सय भन्दा बढि सदस्यहरू छन् भने, चितवनमा १६ वटा सँस्था आवद्ध छन् । मेलामा ३० हजारले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा लिइएको छ भने, ३० लाख खर्च हुने अनुमान छ ।
Post a Comment