चितवन

आउँदो भाद्र २५ गते देशब्यापी प्रदर्शनको तयारीमा रहेको फिल्म ‘लभ सब’ले प्रचारप्रसारलाई तिब्रता दिएको छ । प्रचारप्रसारकै सिलसिलामा फिल्मको मुख्य हिरो सलोन बस्नेत यतिबेला चितवनमा छन । उनले यहाँको विभिन्न स्कूल कलेज तथा सञ्चारमाध्यममा पुगी फिल्मको बारेमा जानकारी दिइरहेका छन् । फिल्मको बारेमा जानकारी दिने उद्देश्यले नारायणगढमा पत्रकार सम्मेलन समेत गरिएको थियो । पत्रकार सम्मेलनमा सलोनले पत्रकारहरुको जिज्ञासा मेटाएका थिए । उनीसँगै रहेका निर्देशक शोभित बस्नेतले पनि फिल्मको बारेमा केहि बोले । पत्रकारहरुमाझ बोल्दै सलोनले लभसब त्रिकोणात्मक प्रेम कथामा आधारित रहेको बताउदै हरेकको जीवनमा मेल खाने दृश्यहरु फिल्ममा रहेको बताए । फिल्ममा आफुले एउटा टोले डनको भुमिका निभाएको उनले बताए । उनले मायाले कसलाई कहाँसम्म प्रभाव पार्न सक्छ भन्ने देखाइएको बताए । फिल्ममा हास्यरस पनि भएकाले सबैले मनोरञ्जन पाउने उनले दाबी गरे ।
फिल्मलाई देवकुमार श्रेष्ठले निर्देशन गरेका हुन । सुशिल पोखरेल र नरेन्द्र महर्जन निर्माता रहेको फिल्ममा सलोनसँगै संयम पुरी, करिश्मा श्रेष्ठ, शिशिर भण्डारी, केके अधिकारी लगायतको अभिनय रहेको छ । फिल्मलाई कृष्ण श्रेष्ठले खिचेका हुन ।

Post a Comment