Home » » ब्याडमिन्टन टोली भारत जाने

ब्याडमिन्टन टोली भारत जाने

Written By Unknown on Sunday, August 30, 2015 | 10:30 PM

 भदौ १४ 
सुशान्त चिपल्कट्टी स्मृति एसियाली जुनियर ब्याडमिन्टन च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली सोमबार भारतको पुना जाँदैछ । सेप्टेम्बर ३ देखि ६ तारिखसम्म हुने च्याम्पियनसिपमा समान ३–३ पुरुष र महिला गरी ६ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पुरुषमा दीपेश धामी, नविन श्रेष्ठ र गौतम कठायत तथा महिलामा जेसिका गुरुङ, सुनैया मुखिया र मेघा चन्द रहेका छन् । दीपेश र गौतम भरातकै बैंगलुरुको छुट्टा छुट्टै स्थानमा प्रशिक्षणमा रहेकाले दुबै त्यतैबाट प्रतियोगितामा सहभागी हुने नेपाल ब्याडमिन्टन संघका महासचिव रामजीबहादुर श्रेष्ठले जानकारी दिए । नेपाली खेलाडीले पुरुषरमहिला सिंगल्स र डबल्स तथा मिक्स गरी ५ स्पर्धामा भाग लिने छन् । प्रतियोगिताको कूल पुरस्कार राशी १५ हजार अमेरिकी डलर रहेको छ ।टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पाले आइतबार एक कार्यक्रमबीच बिदाइ गरे ।
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC