Home » » परासीमा निषेधाज्ञा बुधवारसम्मका लागी थपियो

परासीमा निषेधाज्ञा बुधवारसम्मका लागी थपियो

Written By Unknown on Sunday, August 30, 2015 | 10:33 PM

 भदौ १४ 
नवलपरासीको सदरमुकाम परासीमा लगाईंदै आएको निषेधाज्ञा पुनः बुधवारसम्मका लागी थपिएको छ । जिल्लामा भएको आन्दोलनलाई मध्यनजर गर्दै स्थानिय प्रशासनले गत सोमबारबाट एक हप्ताका लागी निषेधाज्ञा जारी गरेको थियो । उक्त समय आजबाट सकिएपछि पुनः तीन दिनका लाथि थप गरिएको हो । सदरमुकामसहित ग्रामीण क्षेत्रहरु आन्दोलनका कारण बन्द नै रहेपछि निषेधाज्ञाको समय थप गरेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले जानकारी दिए । सदरमुकाम परासीको महेशपुर चोकस्थित बाईपास रोडदेखि मञ्जरीया चोकको दक्षिणबाहेकको रामग्राम नगरपालिकाको सबै क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । त्यस्तै परासीबाट सुनवल चोकसम्म र बर्दघाटको भूताहादेखि राजमार्ग हुँदै सुनवल चोकसम्मको १२ कि।मी। क्षेत्रको ५ सय मिटर दायाँ बायाँ  छन् । सिमांकनकोे विषयमा अखण्ड संघर्ष समिति नवलपरासी, मधेश केन्द्रीत दल र थरुहटले छुट्टाछुट्टै आह्वान गरेको बन्दका कारण साउन २५ देखि सदरमुकामको जनजीवन अस्तव्यस्त बनेको छ ।
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC