नेपाल १९ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा अफगानिस्तानलाई ३–२ ले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । ललितपुरको सातदोवाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा ३४ औं मिनेटमा अन्जन विष्टले हेड मार्फत सुन्दर गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाए । पहिलो गोलको चार मिनेट बित्न नपाउँदै नेपालले ३९ औं मिनेटमा पेनल्टीको मौका पायो । पेनाल्टीमा अन्जनलेनै गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाए । तर ५० औं मिनेटमा बल क्लियर गर्ने क्रममा नेपालका अनन्त तामाङले आत्मघाती गोल गरे । ५३ औं मिनेटमा सुनिल बलले फ्रिकिक मार्फत सानदार गोल गर्दै अग्रता ३–१ मा र्पुयाए । अफगानिस्तानका मेहदी रेजाइले ७२ औं मिनेटमा गोल गर्दै खेल ३–२ को अवस्थामा ल्याए पनि टोलिको हार टार्न सकेनन् । त्यसपछि खेलमा कुनै गोल हुन सकेन र नेपालले फाइनल यात्रा तय र्गयो । यसैगरी, प्रतियोगिताअन्तर्गत आजै साढे ३ बजे सुरु भएको दोस्रो सेमिफाइनलमा भारत र बंगलादेश बिच प्रतिशपर्धा भइरहेको छ । भारत र बंगलादेश बीचको दोस्रो सेमिफाइनलको विजेतासँग नेपालले उपाधिका लागि शनिबार प्रतिस्पर्धा गर्नेछ ।
Home »
Sports News
» अफगानलाई हराउँदै नेपाल फाइनलमा
अफगानलाई हराउँदै नेपाल फाइनलमा
Written By Unknown on Thursday, August 27, 2015 | 3:35 AM
Labels:
Sports News
Post a Comment