Home » » नेपालद्वारा मलेसिया ८ विकेटले पराजित

नेपालद्वारा मलेसिया ८ विकेटले पराजित

Written By Unknown on Sunday, August 30, 2015 | 10:19 PM

भदौ १४ 
एसीसी यु–१९ प्रिमियर लिग क्रिकेट अन्तर्गत सोमबार भएको खेलमा नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको छ । नेपालले १४ ओभर ४ बल मै लक्ष्य पुरा गरेको हो । नेपालका लागि आशिष धामी र राजवीर सिंहले शानदार ब्याटिङ गर्दै जित दिलाएका हुन् । प्रारम्भिक ब्याट्सम्यान सुनील धमला ३ रनको व्यक्तिगत स्कोरमा सईद अजिजको शिकार भए पनि धामी र सिंहले नेपाललाई जित दिलाउन गतिलो प्रदर्शन गरे । नेपालका लागि राजवीर सिंहले ३३ रन बनाए भने आशिष धामीले अविजित ३८ रन बनाए । टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ५० ओभरको खेलमा ३८ ओभरमै आफ्ना सबै विकेट गुमाएर ७५ रनको योगफल तयार पारेको थियो । मलेसियालाई सस्तो मै समेट्ने क्रममा नेपालका बलर आरिफ शेखले १० ओभरमा १८ रन दिएर चार विकेट लिए । त्यस्तै दीपेन्द्रसिंह ऐरी र दीपेश श्रेष्ठले २–२ विकेट लिए । सुशील कँडेलले एक विकेट हात पारे । मलेसियाका लागि पवनदीप सिंहले सर्वाधिक १७ रन बनाए भने शंकर सतीषले १३ र विमलान पलानियन्डेले १२ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । प्रतियोगिताको पहिलो खेलमा युएईबिरुद्ध फराकिलो जित निकालेको नेपालले दोस्रो खेलमा भने अफगानिस्तानसँग १० विकेटको लज्जास्पद पराजय बेहोरेको थियो । नेपालसहित अफगानिस्तान, युएई, मलेसिया, साउदी अरेबिया र कतारको सहभागिता रहेको प्रतियोगितामा सहभागी सबै टोलीले राउण्ड रोेबिन लिगका आधारमा एक अर्कासँग प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताको शीर्ष तीनभित्र पर्ने टोली अन्डर–नाइन्टिन एसिया कपका लागि छनोट हुनेछन् ।
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC