भदौ १३

पाकिस्तानकोहिंसाग्रस्त बलुचिस्तानमा आइतबार बन्दुकधारीहरुले एउटा विमानस्थलमा आक्रमण गरी कम्तीमा दुई इन्जिनियरको हत्या गरेका छन् भने विमानस्थलको राडार प्रणालीसमेत ध्वस्त बनाइदिएका छन् । मोटरसाइकलमा आएका हतियारधारी समूहले ग्वाडर जिल्लास्थित जिवानी विमानस्थलमा आक्रमण गरेका हुन् । १२ जनाको संख्यामा आएका हतियारधारीले एक्कासी हमला गरेको बताइन्छ । आक्रमणमा एक इन्जिनियरको घटनास्थलमै मृत्यु भएको थियो भने अर्का एक इन्जिनियरलाई घाइते अवस्थामा उद्धार गरिएको छ । त्यसैगरी एक इन्जिनियरलाई हतियारधारीले नै अपहरण गरी लगेका थिए । प्रहरीका अनुसार अपहृत इन्जिनियरको शव दिउँसो फेला परेको छ । उक्त हमलाको बारेमा कसैले पनि जिम्मेवारी लिएको छैन ।
Post a Comment