Home » » अन्तर्राष्ट्रिय एथ्लेटिक्स महासंघको अध्यक्षमा सेबास्टिएन कोए निर्वाचित

अन्तर्राष्ट्रिय एथ्लेटिक्स महासंघको अध्यक्षमा सेबास्टिएन कोए निर्वाचित

Written By Unknown on Tuesday, August 18, 2015 | 11:35 PM


भदौ २ 
एथ्लेटिक्स खेलको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय एथ्लेटिक्स महासंघ आई।ए।ए।एफ।को अध्यक्षमा बेलायती नागरिक सेबास्टिएन कोए निर्वाचित भएका छन् । चीनको बेइजिङमा भएको कंग्रेसले बेलायतका पूर्व खेलाडी एवम् राजनीतिज्ञ कोएलाई विश्व एथ्लेटिक्सको सर्वोच्च पदमा निर्वाचित गरेको हो । कुल २ सय १५ सदस्य रहेको संगठनले गरेको भोटिङमा कोएले १ सय १५ मत पाए भने उनका प्रतिद्वन्द्वी युक्रेनका सर्जेई बुब्काले ९२ मत हासिल गरे । बेलायतका कोए ओलम्पिक खेलमा १५ सय मिटर दौडतर्फ दोहोरो स्वर्ण पदक विजेता हुन् भने युक्रेनका बुब्का पोल भल्टतर्फका स्वर्ण पदक विजेता हुन् । ५८ वर्षे सेबास्टियन कोए विश्वभर लर्ड कोएको नामले परिचित छन् । उनले अब पछिल्लो १६ वर्षदेखि एथ्लेटिक्समा नेतृत्व गर्दै आएका सेनेगलका ८२ वर्षीय लामिने डियाकलाई प्रतिस्थापन गर्नेछन् । एथ्लेटिक्स खेललाई डोपिङको समस्याले जर्जर बनाएका बेला कोएले संगठनको नेतृत्व पाएका छन् । उनले आफ्नो चुनावी प्रचारका क्रममा एथ्लेटिक्स खेललाई डोपिङ मुक्त गराउन कुनै कसर बाँकी नराख्ने बताएका थिए । पछिल्लो दशक भएका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा खेलाडीले प्रतिबन्धित शक्तिबद्र्धक औषधी सेवन गरेको खुलाशा विभिन्न अध्ययन रिपोर्टले सार्वजनिक गरीसकेका छन् । यस्तोमा एथ्लेटिक्स खेलको संकट हटाई खेललाई स्वच्छ प्रतिस्पर्धामा फर्काउनु कोएको पहिलो कार्यकालको सबैभन्दा प्रमुख चुनौति बन्नेछ ।

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC