इस्लामिक विद्रोही संगठन आइएसले सिरियामा एक पुरातत्वविद्को हत्या गरेको छ । आइएसले सिरियाको प्राचिन शहर पलमिराको रेखदेख गर्दै आएका पुरातत्वविद् खालिद असादको हत्या गरेको बीबीसीले जनाएको छ । आइएसले विश्व सम्पदा सूचिमा सूचिकृत पलमिरा शहरमा कब्जा जमाए लगत्तै पुरातत्वविद् असादलाई बन्दी बनाएका थिए । ८२ वर्षिय असादको शिर छेदन गरेर हत्या गरिएको उनको परिवारले जनाएको छ । पुरातात्विक विभागका प्रमुख समेत रहिसकेका असादले ५० वर्ष भन्दा बढी समय पलमिरामा बिताएका थिए । सिरिया र इराकका धेरै भुभागमा नियन्त्रण जमाएको आइएसले गत मेमा प्राचिन पलमिरा शहर आफ्नो कब्जामा लिएको थियो । आइएसले आफ्नो नियन्त्रणमा रहेका शहरका प्राचिन संरचनाहरु ध्वस्त पार्दै आएको छ । यद्यपी पलमिरामा के कति क्षति पुगेको छ भन्ने यकिन हुन सकेको छैन । संयुक्त राष्ट्रसंघले पलमिराका प्राचिन संरचना भत्काउनु मानवीयताकै लागि ठूलो क्षति हुने बताउदै आएको छ ।
Home »
International
» आइएसद्धारा पलमिराका पुरातत्वविद्को हत्या
आइएसद्धारा पलमिराका पुरातत्वविद्को हत्या
Written By Unknown on Tuesday, August 18, 2015 | 11:37 PM
भदौ २,
Labels:
International
Post a Comment