Home » » प्रदेशको नाम ‘लिम्बुवान’ राख्न माग गर्दै पूर्वका नौं जिल्ला बन्द

प्रदेशको नाम ‘लिम्बुवान’ राख्न माग गर्दै पूर्वका नौं जिल्ला बन्द

Written By Unknown on Wednesday, August 12, 2015 | 11:54 PM

श्रावण २८ 
सरकारसँग भएका पटक–पटकका सहमति कार्यान्वयन नगरी पहिचानविनाका प्रदेश निर्माण गरिएको भन्दै संघीय लिम्वुवान पार्टी नेपालले बिहीबार पूर्वका नौ जिल्ला बन्द आह्वान गरेको छ । पूर्वी नेपालको अरुण सप्तकोशी पूर्वका नौ जिल्लासहितको लिम्बुवान राज्य माग गर्दै संघीय लिम्बुवान पार्टी नेपालले बन्द आह्वान गरेको हो । बन्दका कारण सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, ते¥हथुम र धनकुटा जिल्लाको जनजिवन प्रभावित बनेको छ । बन्दका कारण यी जिल्लामा शैक्षिकसंस्था, बजार, कलकारखाना र यातायात ठप्प बनेका छन् । लिम्बुवान कार्यकर्ताले विहानैदेखि सडकमा निस्किएर प्रदर्शन शुरु गरेका छन् । बन्दका कारण पूर्वका धरान, इटहरी, विर्तामोड, दमक, काकडभिट्टा लगायतका मुख्य बजारहरु पूर्णरुपमा बन्द भएका छन् । लिम्बुवान राज्य माग गरिरहेको अबस्थामा सत्तारुढ दलहरु कांग्रेस, एमाले प्रतिपक्षमा रहेको एमाओवादी र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका प्रमुख नेताहरुको सहमतिमा थप ५ जिल्ला थप गरेर १ नम्बर प्रदेशको अवधारण ल्याउनु स्वागत योग्य भए पनि प्रदेशको नामांकन गर्दा लिम्बुवान राज्य घोषणा गराउनका लागि दवाद दिने उद्देश्यले लिम्बुवान बन्दको घोषणा गरिएको लिम्बुवान पार्टीले जनाएको छ ।

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC