Home » » उत्तर कोरियामा उपप्रधानमन्त्रीलाई मृत्युदन्ड

उत्तर कोरियामा उपप्रधानमन्त्रीलाई मृत्युदन्ड

Written By Unknown on Wednesday, August 12, 2015 | 5:44 AM

श्रावण २७ 
उत्तर कोरियाका शासक किम जोङ उनको आदेशमा त्यहाँका ‘उपप्रधानमन्त्री चोइ योङ गोनको हत्या गरिएको’ भन्ने रिपोर्टको अनुगमन गरिरहेको दक्षिण कोरियाले जनाएको छ । उत्तर कोरियाली उपप्रधानमन्त्री चोइको गत मे महिनामा ‘हत्या’ गरिएको बताइएको छ । दक्षिण कोरियाको गुप्तचर निकायले गत मे मा चोइलाई ‘एन्टी एअरक्राफ्ट मिसाइल फायर’ गरी हत्या गरिएको दाबी गरेको छ । दक्षिण कोरियाली सरकारी समाचार एजेन्सी ‘योनहाप’ले उत्तर कोरियाली शासक किमको विदेश नीतिप्रति असहमत भएको निहुँमा चोइलाई मृत्युदन्ड दिइएको उल्लेख गरेको छ । चोइ अन्तिमपटक गत डिसेम्बरमा सार्वजनिक रुपमा देखिएको दक्षिण कोरियाको एकीकरण मन्त्रालयले जनाएको छ । उनी दक्षिण कोरियासँगको सन् २००० को मध्यतिर भएको वार्तामा सहभागी थिए भने गत वर्षको जुनमा उपप्रधानमन्त्री नियुक्त भएका थिए । किमको शासनकालमा अहिलेसम्म ७० जना अधिकारीहरुको हत्या भैसकेको योनहापको दाबी छ । तर, अन्य अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले भने यसको स्वतन्त्र पुष्टि गर्न सकेका छैनन् ।

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC