Home » » सिरियामा ४८ घन्टे युद्धविराम

सिरियामा ४८ घन्टे युद्धविराम

Written By Unknown on Wednesday, August 12, 2015 | 6:05 AM

श्रावण २७ 
सिरियाका विभिन्न तीन सहरमा सिरियाली लडाकू र सरकार समर्थित सेनाबीच ४८ घन्टे युद्धविराम भएको छ । युद्धविरामका लागि लडाकू समूह ‘अहर अल शाम’ र लेबनानको हिज्बुल्लाहबीच सहमति भएको हो । युद्धविरामपछि विद्रोही नियन्त्रित जावादानी र सरकारी सेनाको पकड रहेको फुआ र काफ्रया सहरमा खाद्यान्न, औषधिलगायतका अत्यावश्यक वस्तुको आपूर्ति सहज हुनेछ । जावादानीमा हिज्जुवुल्लाहका लडाकू र सिरियाली सेनाबीच व्यापक संघर्ष भैरहेको थियो । यसैबीच, सरकारी सेनाले विद्रोहीविरुद्ध गरेको कारबाही र राजधानी दमस्कस आसपास विद्रोहीले गरेको रकेट आक्रमणमा परी कम्तिमा २७ जनाको मृत्यु भएको छ । आक्रमणमा ५५ भन्दा बढी घाइते भएका छन् । सिरियामा सन् २०११ को मार्चयता राष्ट्रपति बशार अल असादको शासनविरुद्धको संघर्षका क्रममा २ लाख ३० हजारभन्दा बढी मानिस मारिइसकेका छन् भने मुलुकको जनसंख्याको आधाभन्दा बढी १ करोड १५ लाख मानिस पलायन भएका छन् ।
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC