Home » » मोदीका विशेष दूत बनेर भारतीय विदेश सचिव नेपाल आउँदै

मोदीका विशेष दूत बनेर भारतीय विदेश सचिव नेपाल आउँदै

Written By Unknown on Thursday, September 17, 2015 | 8:07 PM

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूतका रुपमा भारतका विदेश सचिव एस जयशंकर शुक्रबार नेपाल भ्रमणमा आउँदैछन् । नयाँ संविधान जारी हुने निश्चित भइसकेको अवस्थामा भारत सरकारले नेपालमा आफ्नो दूत पठाउन लागेको हो । भारतीय विदेश सचिव जयशंकरले आज राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, सेना प्रमुख राजेन्द्र क्षेत्रीसँग छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम रहेको छ । स्रोतका अनुसार भारतीय विदेश सचिव जयशंकरले एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेट गर्नेछन् । यसअतिरिक्त उनले आन्दोलनरत केही मधेसवादी दलका नेतासँग पनि भेट गर्ने बताइएको छ । यसअघि भारतीय राजदुत रन्जीत रेले नेपालको राजनीतिक घटनाक्रमबारे दिल्ली मै पुगेर भारत सरकारलाई ब्रिफिङ गरेका थिए । भारतीय राजदुत रे पनि आजै नेपाल आउँदैछन् । संविधान कस्तो बनाउने भन्ने विषय नेपालको आन्तरिक मामला भएको भन्दै सबै पक्षलाई समेटेर संविधान जारी गर्न भारतले सुझाव दिदैं आएको छ । यद्यपी भारतसँग निकट सम्बन्ध रहेका भनिएका केही मधेसवादी दलहरु नयाँ संविधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा होमिएका बेला भारत सरकारका विशेष दूतका रुपमा विदेश सचिव जयशंकरको भ्रमणलाई चासोका साथ हेरिएको छ ।
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC