Home » » एएफसी–१६ फुटबलमा नेपालले आज कीर्गिस्तानसँग खेल्ने

एएफसी–१६ फुटबलमा नेपालले आज कीर्गिस्तानसँग खेल्ने

Written By Unknown on Thursday, September 17, 2015 | 8:06 PM

एएफसी अण्डर सिक्सटिन च्याम्पियनसिप फुटबल छनोट चरणको दोस्रो खेलमा आज नेपालले आयोजक कीर्गिस्तानसँग खेल्नेछ । कीर्गिस्तानको बिस्केकमा जारी प्रतियोगिताको पहिलो खेलमा जोर्डनलाई हराएको नेपाल आज दोस्रो खेलमा आयोजकलाई स्तब्ध पार्ने दाउमा छ । तर मध्य एशीयाली टोली कीर्गीस्तानलाई उसैको मैदानमा पराजित गर्नु नेपालको लागि चुनौतीपुर्ण हुनेछ । यसअघि पहिलो खेलमा शक्तिशाली प्रतिद्वन्द्वी जोर्डनलाई हराएपछि उमेर समुहको यो प्रतियोगितामा नेपाललाई पनि दावेदारको रुपमा हेर्न थालिएको छ । छनौट चरणको समुह बी मा रहेको नेपालले कीर्गिस्तानपछि यही असोज ३ गते ओमानसँग खेल्ने तालिका छ । भारतमा हुने फाईनल चरणका लागि एसियाका ४५ राष्ट्रलाई ११ समुहमा विभाजन गरी छनोट चरण खेलाईदैछ । प्रत्येक समुहका विजेता, चार उत्कृष्ट उपविजेता तथा आयोजक भारत समेत गरी कुल १६ टोलीले एएफसी युथ सिक्सटीन च्याम्पियनसिप फुटबलको अन्तिम चरण खेल्नेछन् ।
Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC