Home » » प्रधानमन्त्री कोइराला अमेरिका जाने

प्रधानमन्त्री कोइराला अमेरिका जाने

Written By Unknown on Tuesday, September 8, 2015 | 7:45 PM


प्रधानमन्त्री सुशील कोइराला राष्ट्र संघीय महासभामा भाग लिन अमेरिका जाने निश्चित भएको छ । प्रधानमन्त्री कोइराला राष्ट्र संघको ७० औं महासभामा सहभागिताका साथै स्वास्थ्य परीक्षणका लागि समेत न्यूयोर्क जान लाग्नुभएको हो । असोज १४ गते महासभामा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । उहाको भ्रमण दुई साता लामो हुने छ । कोईराला असोज ६ गते नै जान लाग्नुभएको हो । प्रमुख तीन दलले संविधानसभाबाट भदौभित्रै संविधान जारी गर्ने प्रक्रिया अघि बढाएको र प्रस्तावित सिमांकनको विरोधमा विभिन्न जिल्लामा आन्दोलन चर्किरहेका बेला प्रधानमन्त्रीको भ्रमण तालिका तय भएको हो । आगामी मन्त्रिपरिषद् बैठकमा उहाको भ्रमण कार्यक्रमसम्बन्धी प्रस्ताव हुने बताइएको छ ।

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC