Home » » कैलालीमा अझै कर्फ्यु हटेन, जनजीवन कष्टकर

कैलालीमा अझै कर्फ्यु हटेन, जनजीवन कष्टकर

Written By Unknown on Tuesday, September 8, 2015 | 7:43 PM


कैलालीको धनगढी र टीकापुर नगरपालिकामा स्थानीय प्रशासनले भदौ ७ गतेबाट लगाएको कर्फ्यु अझै जारी छ । प्रशासनले बुधबार पनि धनगढीमा मध्यान्ह १२ बजेदेखि ३ बजेसम्म कर्फ्यु जारी राखेको छ । टीकापुरमा विहान ६ बजेदेखि ११ बजेसम्म कर्फ्यु खुला गरी अन्य समय जारी राखेको छ । धनगढीमा कर्फ्यु बाहेकका समयमा बजारमा स्थानीयको चहलपहल भने बढेको छ । धनगढीमा कर्फ्यु खुकुलो भएसँगै शैक्षिक संस्था, बजार र यातायात सञ्चालनमा आए पनि टीकापुर लगायत आसपासका दुर्गौली, जोशीपुर, नारायणपुर, धनसिंहपुर, मुनुवा र पत्रैयामा जनजीवन अझै सामान्य हुन सकेको छैन । यि गाविसमा प्रशासनले अझै पूर्ण रुपमा कर्फ्यु जारी नै राखेको छ । यहांका बासिन्दा अझै त्रासबाट मुक्त हुन सकेका छैनन् । यहां खाद्यन्नको अभाव भएको छ भने भएका सामानमा कालोबजारी बढेको छ । गम्भीर रुपमा बिरामी भएकाहरुले अझै उपचार गराउन सदरमुकाम पुग्न सकेका छैनन् । दुई महिना यता बिद्यालय समेत खुल्न सकेका छैनन् । कैलालीमा राजनीतिक दलका स्थानिय नेता, कार्यकर्ता, अधिकारकर्मी र प्रशासनबीच कर्फ्यु खुलाउने की जारी राख्ने भन्ने बिषयमा कुरा मिल्न सकेको छैन । दलहरुले कर्फ्यु खुलाउने आग्रह गरिरहंदा स्थानिय प्रशासनले भने अझै केही दिनलाई निरन्तरता दिने संकेत देखाउंदै आएको छ । प्रशासनले जारी नै राखेपनि सडकमा सेनाको उपस्थिती भने रहेको छैन ।

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC