Home » » रुनीको कीर्तिमान

रुनीको कीर्तिमान

Written By Unknown on Saturday, September 5, 2015 | 7:30 PM


इंग्ल्याण्डका कप्तान वेन रुनीले सर्वा्धिक गोलकर्ताको कीर्तिमानमा बराबरी गरेका छन् । रुनीले हिजो राति युरो कप २०१६ को छनौट खेलमा गोल गर्दै इंग्ल्याण्डको सर्वा्धिक गोलकर्ताको कीर्तिमानमा बराबरी गरेका हुन् । हिजो राति सन मारिनो विरुद्धको खेलमा पेनल्टी मार्फत गोल गर्दै रुनीले इंग्ल्याण्डका लागि गरेको गोल संख्या ४९ पुगेको छ । यसअघि बबी चार्लटन ४९ गोल गर्दै इंग्ल्याण्डका सर्वा्धिक गोलकर्ताको कीर्तिमान बनाएका थिए । रुनीले सन मारिनो विरुद्धको खेलमा १३ औं मिनेटमा पाएको पेनल्टीको अवसरलाई उपयोग गरी गोल गरेका हुन् । सन मारिनोलाई ६–० ले हराएको इंग्ल्याण्डले युरो कप २०१६ का लागि स्थान पक्का गरेको छ ।

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC