Home » » इंग्ल्याण्ड ६–० ले विजयी

इंग्ल्याण्ड ६–० ले विजयी

Written By Unknown on Saturday, September 5, 2015 | 7:34 PM

इंग्ल्याण्डले सन २०१६ को युरो कपका लागि स्थान सुरक्षित गरेको छ । शनिबार राति भएको छनौट खेलम सन मारिनोलाई ६–० ले हराउँदै इंग्ल्याण्डले युरो कपमा स्थान पक्का गरेको हो । खेलको १३ औं मिनेटमा पाएको पेनल्टीको अवसरलाई सदुपयोग गरी कप्तान वेन रुनीले गोल गर्दै इंग्ल्याण्डलाई सुरुवाती अग्रता दिलाए । ३० औं मिनेटमा सन मासिनोमा  क्रिस्टियन ब्रोलीले आत्मघाती गोल गर्दै इंग्ल्याण्डको अग्रता दोब्बर पारे । रोस बार्कलीले ४६ औं मिनेटमा गोल गर्दै इंग्ल्याण्डको अग्रता ३–० मा र्पुयाए । सन मारिनोमाथि निकै दबाबपूर्ण बनेको इंग्ल्याण्डका लागि थियो वालकोटले ६८ र ७८ औं मिनेटमा गरी दुई गोल तथा ह्यारी केनले ७७ औं मिनेटमा गोल गर्दै ६–० को सानदार जित दिलाए । छनौटका लागि खेलेका ७ खेलमा सबैमा जित निकालेको समुह डी मा रहेको इंग्ल्याण्डको २१ अंक भएको छ । शनिबार राति नै भएको अर्को खेलमा स्पेनले स्लोभाकियालाई २–० ले हराउँदै समुह सीको शीर्ष स्थानमा स्थान बनाएको छ । अरु खेलमा लग्जेम्बर्गले मसेडोनिया, इस्टोनियाले लिथुवानिया तथा रुसले स्वीडेन र अष्ट्रियाले मोलडोभालाई समान १–० ले हराएका छन् । यस्तै स्वीजरल्याण्डले स्लोभेनियालाई ३–२, युक्रेनले बेलारुसलाई ३–१ र मन्टेनेग्रोले लिकटेन्स्टाइनलाई २–० ले हराएको छ ।

Share this article :

Post a Comment

 
Relation FM: Run By | Relation Prasaran Pvt. Ltd.
Copyright © 2011. Relation FM 88 MHz - All Rights Reserved
Hosted by: Mero Server International
Web Design By: Rijan KC